सुरक्षा गार्ड छुटेपछि रवि लामिछानेले दिए यस्तो प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नखाएको विष लाग्दा कस्तो हुन्छ आफूलाई थाहा भएको बताएका छन् ।

गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ थुनामुक्त भएपछि लामिछालेले यस्तो टिप्पणी गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा भएको विवादमा गुरुङ पक्राउ परेका थिए । तर, चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको आदेशमा प्रहरी वृत्त दरबारमार्गले सोमबार उनलाई साधारण तारेखमा रिहा गरेको हो ।

गुरुङ थुना मुक्त भएपछि लामिछानेले भने, ‘म बुझ्छु, नखाएको बिष लाग्दा कस्तो हुन्छ । मलाई थाहा छ, निर्दोष हुँदाहुँदै कैदी बन्नु पर्दा कस्तो हुन्छ ।’ उनले आफू मानवताका आधारमा गुरुङलाई भेट्न गएको पनि बताएका छन् । ‘हो, मैले नियम कानुन पछ्याइनँ । मानवता पछ्याएँ । आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एकजना आममानिस पक्राउ परेको सहन सकिन । गएँ । पक्राउ गरिएकालाई भेटेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेरो भ्रम हुन सक्ला, तर मैले ति निर्दोषलाई भेटेको कुरा मान्छेहरुलाई थाहा दिन सकें, ति कर्तव्यपरायणका पक्षमा माहौल श्रृजना हुन सक्छ भन्ने सोचेँ । फोटो राखेँ ।’

उनले आफूले सहजै गुरुङलाई भेट्न पाएको पनि बताएका छन् । उनले कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्न नहुनेमा जोड दिएका छन् ।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको