एमाले सचिव योगेशलाई जन्मदिन शुभकामना दिँदै जब झाँक्रीले यस्तो लेखिन्

आज एमाले सचिव योगेश भट्टराईको जन्मदिन । उनलाई जन्मदिनकाे शुभकामना दिनेहरूको जमात सामाजिक सञ्जालमा लामै छ । एमाले छाेडेर माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीतिर लागेकी नेतृ रामकुमारी झाँक्रीले पनि भट्टराईलाई सामाजिक सञ्जालबाटै शुभकामना दिएकी छन् ।

याेगेशलाई जन्मदिनकाे शुभकामना दिँदै झाँक्रीले आफूलाई केही अभाव भइरहेकाे बताएकी छन् । ‘आफैँले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’, झाँक्रीले ट्वीटरमार्फत याेगेशलाई दिएकाे शुभकामना सन्देशमा यी कुरा लेखिएका छन् ।

याेगेश भट्टराई र रामकुमारी झाँक्री कुनै बेला एमालेकाे एउटै समूहमा रहेर काम गरेका नेता हुन् । उनीहरू एमाले विभाजन हुनुअघिसम्म माधवकुमार नेपाल समूहमा थिए । तर पार्टी विभाजनपछि झाँक्री एकीकृत समाजवादीमा लागिन् भने भट्टराई एमालेमै रहे ।

एकीकृत समाजवादीमा लागेर झाँक्री शहरी विकास मन्त्री पनि भइन् तर छाेटाे समयमै उनलाई पार्टीले फिर्ता बाेलाएपछि पत्रकार सम्मेलनमै राेएकी थिइन् । त्यसयता उनीमा पार्टीप्रति निराशा बढेकाे संकेत उनका गतिविधिहरूले देखाइरहेकाे छ । त्यसमा पनि गृहजिल्ला गुल्मीका प्रभावशाली नेताहरू एमालेमै फर्किएपछि त उनमा निराशा झनै बढेकाे छ ।

झाँक्रीकै सिफारिसमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका नरेश भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनालसहितका अधिकांश नेता सोमबार एमालेमा फर्किनुअघि झाँक्रीले ट्वीटरमा लेखेकी थिइन्, ‘हरेक अँध्यारो रातपछि बिहानी हुन्छ । मार्क्सवादीहरू आशावादी हुन्छन् । धेरै पर क्षितिजपारी पनि सम्भावना देख्छन् । सबै राम्रै भइरहेको छ । चिन्ता छैन ।’

एमाले र पछि नेकपा हुँदा उनीहरू एकै समूहमा थिए। नेकपामा विवाद हुँदा उनीहरू दुवै प्रचण्ड–माधव नेपालका पक्षमा र केपी शर्मा ओलीविरुद्ध उभिएका थिए।

तर अदालतले नेकपा विभाजनको फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा ओली र माधव नेपाल पक्षबीच टक्कर पर्यो। यस क्रममा उनीहरू दुवै नेपाल पक्षमा रहेका भए पनि अन्तिम समय पार्टी विभाजनका बेला योगेश एमालेमै रहे भने रामकुमारी नेकपा एकीकृत समाजवादीमा समाहित भइन्।

अहिले उनीहरू दुवै जना आआफ्ना पार्टीमा सचिव पदमा छन्। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झाँक्री गृह जिल्ला गुल्मीबाट उम्मेदवारमा सिफारिस भएकी छन्। यही बेला उनले पूर्वसहकर्मी योगेश भट्टराईलाई सम्झेकी हुन्।

आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवै चुनाव एकैचरणमा हुँदै छ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको