अब ७० अङ्क ल्याएमा ट्रायल पास, सरकारले लागू गर्यो नयाँ व्यवस्था

काठमाडौं- बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायलमा ७० अंक ल्याएमा पास भएको मानिने भएको छ । प्रदेश सरकारले असोज १ गतेदेखि लागु हुने गरी ट्रायलमा ७० अंक ल्याएमा पास हुने व्यवस्था लागू गर्न लागेको हो ।

केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारी चालक अनुमतीपत्र स्मार्ट लाइसेन्सको ट्रायलमा अंकभार प्रणाली लागु गर्न लागेको हो।

बागमती प्रदेशमा असोज १ गतेदेखि लाइसेन्सका लागि लिइने ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरीहर पोखरेलले बताए।

बागमती प्रदेश सरकारले नयाँ नियम भएका कारण आवश्यक तयारी पूरा नहुँदा कार्यान्वयन गर्न नसकिएको भन्दै आएको थियो।

सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको निर्णय अनुसार बागमती प्रदेशमा पनि लागू हुने भएको हो।

प्रचलित प्रणालीको व्यवस्था कडा भएकाले ७५ प्रतिशत फेल हुने गरेका छन्। फेल हुनेले पुन: ^ट्रायल दिन पाउँछन्। जसका कारण एउटैले पटक पटक ट्रायल दिइरहेका छन् ।

ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ। अहिले एउटा गल्ती गर्ने बित्तिकै परीक्षार्थी फेल हुन्छन्।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको