कानूनमन्त्री गोविन्द बन्दीले प्रमुख विपक्षी एमालेका सांसदहरुलाई परमादेशी सरकार नभन्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन उभिएका बन्दीले परमादेशी सरकार भनेकोमा आपत्ति जनाए ।
‘के हाम्रो संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? यत्रो जनआन्दोलन, सशस्त्र संघर्ष हुँदै संविधानसभाबाट निर्माण भएको संविधानले स्ट्यावल गर्भमेन्टको कल्पना गर्यो’, कोइरालाले भने, ‘सवाल को सरकारमा छ भन्ने होइन ।’
उनले हमेशा परमादेशी सरकार भनिरहेको भन्दै नेपालको संविधानले अदालतलाई दिएको अधिकार सर्वोच्चले प्रयोग गरेर गरेको फैसलालाई लिएर व्याख्यात्मक रुपमा प्रश्न गरिन्छ भने कस्तो खालको न्यायपालिकाको कल्पना गरिएको हो भनेर प्रश्न गरे ।
संवैधानिक प्रक्रियाबाट यो सरकार बनेको भन्दै सोही अनुसार प्रमुख प्रतिपक्ष पनि प्रतिपक्षको हैसियतमा बसिरहेको बताए । उनले परराष्ट्र नीतिका बारेमा पनि जथाभावी बोल्ने गरेकोमा उनले आपत्ति जनाए । उनले यस्तै तरिका भए प्रजातान्त्रिक संवैधानिक संस्थाहरु खत्तम भए हामी कहाँ पुग्छौ भन्दै प्रश्न गरे ।
‘परराष्ट्र नीतिका बारेमा एउटा सानो केही भयो कि ढ्याङर्याङ कुरा उठाएर यो र त्यो भन्छौ । लामो रिसर्च गरौ न झ्याप्प आयो प्याट्ट बोलिदिएर जम्मै देशहरुको सम्बन्ध बिग्रने देखिरहेको छु मैले’, मन्त्री शर्माको भनाइ छ ।
