बालेनले थर्काएका अल्फाबिटाका सञ्चालक शर्मा पनि चुनाव लड्ने

काठमाडौँ महानगरले अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काउन थालेपछि चर्चामा आएका अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटी प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेका छन् ।

उनले काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्न चाहेका छन् । आउँदो मंसिर ४ गते हुने संसदको चुनावका लागि काठमाडौँको क्षेत्र नं १ बाट शर्मा सिफारिस भएका छन् । नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटिले उनलाई उम्मेदवार चयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो ।

विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, कृषि, उर्जालगायत विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शर्मा नेपाल उद्योग परिसंघ र अन्य व्यवसायिक संगठनहरुमा पनि आवद्द भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

शर्मासँग अमेरिका, युरोप लगायत विभिन्न मुलुकहरुको शैक्षिक, सामाजिक तथा आर्थिक प्रणालीलाई नजिकबाट अध्ययन गरेको विज्ञता समेत छ । विशेषगरी शैक्षिक क्षेत्रमा अमेरिका, क्यानडा अस्ट्रेलिया, युरोप, अमेरिका, बेलायत, चीन र भारत लगायतका मुलुकहरुले अवलम्बन गरेका नीति तथा प्रणालीका जानकार उनी नेपालले समयसापेक्ष अपनाउनुपर्ने शैक्षिक प्रणाली र यहाँको शिक्षालाई विश्वस्तरीय बनाउन लिनुपर्ने कदमहरुको योजना भएका व्यक्ति मानिन्छन ।

शर्मा चर्चित झापा बिद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्। । शिवाकोटी, रामनाथ दाहाल, केपी ओलीलगायतका नेताहरुले झापा विद्रोह गरेको र तत्कालिन राज्यको नियन्त्रणका कारण शिवाकोटीले परिवार निर्वासित जीवन जिउनुपरेको, सम्पत्ति राष्ट्रियकरण गरिएको थियो ।

नेकपा एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मासहित रुपनारायण श्रेष्ठ, बिदुर मैनाली, टिकाराम भट्टराई र केशव घिमिरेको नाम सिफारिस गरेको छ ।

महानगरको उक्त अभियानमा मेयर बालेन्द्र शाहसँग चर्काचर्कीपछि उनी चर्चा र विवादमा परेका थिए ।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको