काठमाडौं महानगरले दियो यी १७ संस्थालाई कर बुझाउन अल्टिमेटम (सूचीसहित)

काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ।

महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो।

सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार पत्र प्राप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो।

महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल-नयाँबजार, रञ्जना ट्रेड सेन्टर- न्युरोड, साझा भण्डार-भोटाहिटी, राष्ट्रिय नाचघर-जमल, चेम्बर अफ कमर्स-जमल, कर्मचारी सञ्चय कोष-ठमेल, नेपाल विद्युत प्राधिकरण- रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड-सिंहदरबारलाई पत्र लेखेको हो।

यस्तै, महानगरले नेपाली जामे मस्जिद-बागबजार, कृषि सामग्री संस्थान-टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल-स्वयम्भू, आरबि कम्प्लेक्स-न्युरोड, काठमाडौं प्लाजा-पुतलीसडक, नेपाल सेयर मार्केट-पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज-सामाखुसीलाई पनि पत्र लेखेको छ।

यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको