मुख्यमन्त्री पाण्डेलाई पनि छाडेनन् बालेनले, काटे अल्टिमेटमसहित पत्र

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसहितको शेयर रहेको मनमोहन अस्पताललाई सम्पत्ति कर तिर्न १० दिनको अल्टिमेटम दिएका छन् ।

मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले मनमोहन अस्पतालसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन पत्र काटेका हुन् ।

मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालमा मुख्यमन्त्री पाण्डे, डा. बंशिधर मिश्र, पूर्व समाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीसहितको शेयर रहेको छ ।

मनमोहन, सिविक हस्पिटल, काठमाडौं डेण्टल कलेज सामाखुसीसहित कर नबुझाएका १७ विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।

खाद्य संस्थान, नेसनल ट्रेडिङ कर्पोरेसन, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, कृषि सामग्री संस्थान, ह्वाइट फिल स्कुल, आर.बी. कम्प्लेक्स, रञ्जना ट्रेड सेन्टर, राष्ट्रिय नाचघर, चम्बर अफ कर्मस, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, जामे मस्जिद र साझा भण्डारलाई पनि १० दिनभित्र सम्पत्ति कर बुझाउन महानगरले अल्टिमेटम दिएको छ ।

‘महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटकपटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुजाएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु अनुरोध छ,’ महानगरको विज्ञप्तिमा उल्लेख भनिएको छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ कारबही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूल उपर गरिने पनि महानगरले ती अस्पताल सहितका कम्पनी/संस्थाहरुलाई चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनको निशानमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पण्डेसहितका ठूला माछा पर्न थालेका छन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको