माओवादी विद्यार्थी संगठन पवन कार्की पक्षले गठन गर्यो ‘क्रान्तिकारी फोर्स’

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी )को विद्रोही समूहले ‘क्रान्तिकारी फोर्स’ गठन गरेको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले गठन गरेको रिभोलुसनरी फोर्सले मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पास समेत गरेको छ ।

अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स २२ भदौमा सार्वजनिक गर्ने घोषणा तयारी गरेको छ । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिनअगाडि अर्थात २१ भदौमा नै सोही प्रकृतिको फोर्स गठन गरेको हो ।

अखिल क्रान्तिकारीको विद्रोही समूहका प्रवक्ता उपदेश यादवले २१ भदौमा काठमाडौंमा क्रान्तिकारी विद्यार्थीको दस्ताका रूपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम गरिएको बताए । हजारौं विद्यार्थी को उपस्थितिमा विद्रोही क्रान्तिकारीले गरे माइतीघर देखि बानेश्वर सम्म मार्चपास ।

‘राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षक हौं हामी ! भ्रष्ट, दलाल र माफियाहरूका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौं हामी, भन्ने नाराका साथ भदौ २१ गते मंगलबारको दिन दिउँसो २ बजे माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म मार्चपास गरेका छौं,’ प्रवक्ता यादवले भने ।

पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले आगामी निर्वाचनलाई लक्षित गरी देशभरका कार्यकर्ताबाट छानेर क्रान्तिकारी फोर्स नामको संगठित दस्ता बनाउने जनाएको छ । त्यसको घोषणा पार्टी अध्यक्ष प्रचण्डमार्फत गरिने भनेर प्रचार गरिएको छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ । सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ ।

अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेतालाई संगठनबाट निष्कासन गरेको निर्णय गरे पनि माओवादी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन ।

अध्यक्ष प्रचण्डले कार्की समूहलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनीहरूलाई पनि मिलाएर जान अध्यक्ष सिंह र फ्राक्सन इन्चार्ज हितमान शाक्यलाई निर्देशन दिएका छन् ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको