मेयर बालेनलाई साथ दिन आए नयाँ प्रशासकीय अधिकृत, सम्हाले कार्यभार

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव बसन्त अधिकारीले जिम्मेवारी पाएका छन्।

बुधबारदेखि सहसचिव अधिकारीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो।करिब साढे दुई वर्षदेखि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता थिए।

यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयमा सरूवा गरिएको छ। महानगरमा पहिले सचिवको दरबन्दी थियो।

यस्तै काठमाडौं महानगरका प्रमुख बालेन शाहको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्।

उनलाई शिक्षा सल्लाहकारको रूपमा नियुक्त भएको मेयर बालेनको सचिवालयले जनाकारी दियो। अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्।

केही दिनअगाडि महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो।मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

 

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको