प्रचण्डले मिलाउन सकेनन् माओवादी विद्यार्थी संगठनको विवाद: पञ्चालाई छैन उनकै पदाधिकारीको साथ

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन यति बेला दुई गुटमा विभाजन मात्र भएको छैन देशै भरी अलग अलग कमिटी गठन गर्दै कार्यक्रम गरेर अगाडि बढिरहेका छन् । दुवै पक्षलाई अहिलेसम्म रोकिने निर्देशन पार्टी र पार्टी अध्यक्षले दिएको देखिदैन । २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको हलबाट सुरु भएको यो विवाद २०७९ वैशाख ४ र ५ गते भएको जूम बैठकले संगठनलाई दुई समुहमा विभाजित बनायो ।

मंगलबार विद्रोही समूहले रिभोलुसनरी फोर्स गठन गर्दै माइतीघरदेखि बानेश्वरसम्म मार्चपास कार्यक्रम गरे । बुधबार पञ्चा सिंह समुहले राष्ट्रिय सभा गृहमा विद्यार्थी स्वयम सेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स गठन गरे ।

अखिल (क्रान्तिकारी) भित्र ठूलै विवाद रहेको पार्टीले बुझेको र विवाद समाधान गर्न पार्टी कमिटी पनि पटक पटक बैठक बसेको थियो तर आजको दिनसम्ममा विवाद मिल्न सकेको छैन । विद्यार्थी संगठनको विषयमा शीर्ष नेताहरूबीच छलफल पनि चलेको थियो । त्यस छलफल पश्चात पार्टी अध्यक्ष कमरेड प्रचण्डले विवादको समाधानको बाटो पनि दिएको थियाे तर विवाद हल हुन सकेन । उल्टै दुइटै पक्षले असार ५ गतेको बैठकमा हल भित्र कुटाकुट गरे ।

पार्टीको केन्द्रीय समितिको बैठकमा पनि विद्यार्थी संगठन कै कुरा उठेको थियो । त्यसपछि पार्टीले सुझाव समिति बनाएर हल गर्ने प्रयास गरे । रमेश मल्ल संयोजक, रत्न ढकाल र नरेन्द्र न्यौपाने सदस्य रहेको उक्त समितिले सुझाव दिसकेको पनि महिनौ हुन लागि सक्दा पनि विवाद सुल्झेको छैन । अहिले विवाद मिलाउने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

मंगलबार पवन कार्की समुहले रिभोलुसनरी फोर्स गठन गरेको थियो भने बुधबार पञ्चा सिंह नेतृत्वको कमिटीले पार्टी अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथि, पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकर, पार्टीका सचिव लीलामणि पोखरेललाई बोलाएर सभागृहमा क्रान्तिकारी फोर्स बनाएका छन् ।

पञ्चा सिंहका उपाध्यक्ष इन्द्र भुसाल, अच्युत भट्ट, सचिव सञ्जय कालधन लगायत अन्य केही पदाधिकारीहरुले भने कार्यक्रम बहिस्कार गरेका छन् । वरिष्ठ उपाध्यक्ष इन्द्र भुषालले “संगठन भित्र यति ठुलो समस्या छ । पार्टी समस्या समधान गर्न लागि पहल पनि गर्यो । तर समधान गर्न सकेको छैन । जस्को कारणले समस्या आयो आज उहि आफ्नो गल्ती सुधार्नु भन्दा पनि पार्टी नेताहरुलाई कार्यक्रममा ल्याएर गल्ति ढाकछोप गर्न लागेको कुराले समस्या झन जटिल भएको महसुस गरेको छु । यो कार्यक्रम जीवन मरणको सबाल जस्तो ठानेर पंचा जी ले दिनमा १० पोस्ट गरेको देख्नेले पनि खुसीटिउरी गरिरहेका छन । हामीलाई थाहा छैन पार्टी अध्यक्ष आउने कुरा र मलाई जहा सम्म लाग्छ यो विवादित कार्यक्रममा अध्यक्ष आउनु हुन्न र त्यसैले पुन म अनुरोध गर्दछु झन विवाद गरेर संगठन भद्रगोल बनाउने भन्दा नि बरु यो कार्यक्रम स्थगित गरेर पार्टीले थप छलफल गरी मिलाउन पल गर्नको लागि अनुरोध गर्दछु । ” भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै कार्यक्रममा उनी गएनन् ।

अर्का उपाध्यक्ष अच्युत भट्टले चन्दा माग्न निम्ति फोर्स गठन गरेको हो र मिलाउने मान्छेले कुरा नबुझेको हुनाले संगठन भित्र मनलाग्दी चलिरहेको कुरा भन्दै उनी पनि कार्यक्रममा उपस्थित भएनन् ।
” बुझ्नेले कुरा नबुझेपछि ..
दिनेले चन्दा नदिएपछि ..
फोर्स त गठन हुनेनै भयो ..
संगठनमा मनलाग्दी त चल्ने नै भयो …..”

पञ्चा सिंह कै कमिटीका सचिव सञ्जय कालधन भने झन् कडा रुपमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत छिन् छिनमै स्टाटस हालेर कार्यक्रम र अध्यक्ष पञ्चा सिंह को बिरोध गरेका थिए । ” छलफल नगरी जबर्जस्त व्यक्तिले लादिएको कार्यक्रम अखिल (क्रान्तिकारी) को हुनसक्दैन । गुटले गर्न लागेको भोलिको कार्यक्रममा सहभागी नहुन संगठनलाई केन्द्रमा राखेर निर्णय गर्नुहुने देशभरका सम्पुर्ण न्यायप्रेमी क्रान्तिकारीहरुमा सुचित सहितको अपिल गर्दछु भन्दै नेता कालधनले पनि आज कार्यक्रम बहिष्कार गरेका हुन । कमरेड पन्चाको चरम व्यक्तिवादले अखिल (क्रान्तिकारी) ध्वस्त बनेको आरोप पनि लगाएका छन्

त्यसै गरी विद्रोही कमिटीका प्रवक्ता उपदेश यादवसंगको कुराकानीमा ‘यो संस्थापक र समानान्तर कमिटीको कुरै होइन, यो त वैधानिक र अवैधानिक कमिटीको कुरा हो । पार्टीले नै विद्यार्थी संगठनमा विवाद छ र सो विवाद मिलाउने प्रयास गर्दै आएको छ तर मिल्न सकेको छैन । पञ्चा कमरेडसंग उहाँकै कमिटी भित्रका पदाधिकारी र सदस्यहरूको साथ छैन

सामाजिक सञ्जाल मार्फत नै बहिस्कार गर्ने कुरा गरेका छन् । यस्तो विवादित कार्यक्रममा अध्यक्ष प्रचण्ड आफै जाने कुराले आम कार्यकर्ता माझ अन्योलता बनाएको छ । यो नियोजित ढंगले गुटगत मानसिकतामा परिचालित नेताहरुले अध्यक्ष कमरेडलाई भ्रममा पारेर कार्यक्रममा बोलाएको जस्तो देखिन्छ । पटक पटक गलत निर्णय गर्दै संगठनको आन्तरिक एकता जोगाउन नसक्ने कमरेड पञ्चा सिंहको बचाउ गर्नु र पार्टीको पदाधिकारी चयनमा रहेको असन्तुष्टि १८ दिनपछि उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले सार्वजनिक मञ्चमै पोख्नु लज्जास्पद घटना पनि देखिन गयो । अध्यक्ष प्रचण्डले विद्यार्थी संगठनको दुई कमिटीका बारेमा केही बोल्नु भएन यहाँबाट प्रष्ट बुझ्न सकिन्छ संगठन विवादित नै रहेको छ । र यस विषयमा पार्टीले फास्ट ट्रयाकबाट समस्याको समाधान गर्न पहल लिनु पर्दछ भनेर बताए ।

विद्रोही कमिटीका संयोजक पवन कार्कीसंग कुरा गरेर बुझ्दा “अहिले संगठन भित्र विवाद चलिरहेको बेला ,पार्टीले विवाद मिलाउने जिम्मेवारी अध्यक्ष कमरेड प्रचण्डलाई नै भएको हुनाले एक पक्षीय कार्यक्रममा अध्यक्षलाई लगेर आफ्ना गुटका मान्छेहरु राखेर जे हर्कत भयो त्यो गलत छ, अध्यक्ष प्रचण्डको नीति र नेतृत्व को रक्षाका लागि लड्नेछौ । यो विवाद दुइटा कमिटीको मात्र होइन स्वयम पञ्चा कमरेडका पदाधिकारी र त्यही कमिटी भित्र पनि मतभेद छ । यस्तो अन्योलता भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड जानु हुदैनथ्यो । पार्टी निर्णय र अध्यक्ष प्रचण्डबिरुद्ध गरिएको गुटगत घेरा बन्दी अस्वीकार्य छ’ उनले भने  ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एक पक्षको कार्यक्रममा गएको गतिविधिले विद्यार्थी संगठन फेरि विभाजित हुने नजिक नजिक पुगेको देखिन्छ ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको