एकैपटक २८८४ प्रहरी जवानको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले अति आवश्यक रहेको जनाउँदै एकैपटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । उनीहरुले प्रहरी जवानले असोजदेखि तलब, भत्ता र सेवासुविधा पाउनेगरि सरुवा भएको हो ।

त्यस्तै, पूर्वी नवलपरासी र पाँचथरका प्रहरी प्रमुख फेरिएका छन् । पूर्वी नवलपरासीमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ भने पाँचथरमा डिएसपी हरि खतिवडाको सरुवा भएको छ ।

पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरमा सरुवा भएको छ ।

कांग्रेस नेताहरुसँग कुरा नमिलेपछि उनको ६ महिनामै सरुवा भएको स्रोत बताउँछ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखा नक्सालमा कार्यरत डिएसपी हरि खतिवडाको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ भने डिएसपी राकेश थापाको खतिवडाको इन्टरपोल शाखामा सरुवा भएको छ । थापा शान्ति मिसनमा जान लागेकाले उनको सरुवा भएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँमा इन्स्पेक्टर गायत्रीराज शर्मा, इलाका प्रहरी कार्यालय अमलिया, दाङमा सुरेन्द्र विक्रम बर्तौला, आबु खैरेनीका लोकेन्द्र अधिकारीको बर्तौलाको ठाउँमा सरुवा भएको छ ।

पूर्वी नवलपरासीका एसपीलाई राम्रो काम गर्दा गर्दे हटाइएको छ भने पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले योजनाबद्ध रुपमा दुई व्यक्तिलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि हुँदा पनि कारबाही भएको छैन ।

प्रहरी जवानको सरुवा हेर्नुस् सूची

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको