कांग्रेस जनतामा जान पनि अरु पार्टीसँग अंशबन्डा! ‘रामराम’ ….

काठमाडौं- पूर्वराष्ट्रपति डा.रामवरण यादवले जनताको बीचमा जान पनि नेपाली कांग्रेसले अंशबन्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकापर्ण कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन्।

उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा ‘रामराम’ भन्नुबाहेक अरू केही नरहेको टिप्पणी गरे।बिपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै नेता–कार्यकर्तालाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने प्रवृत्ति बढेको यादवले बताए।

‘पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको बढी मूल्याङ्कन भइरहेको छ,’ उनले भने,‘समानुपातिक सांसद बन्न टिकट बिक्रीको चलखेल हुनथालेको छ। अहिलेको अवस्थामा कांग्रेसलाई रामरामबाहेक अरू केही भन्न सकिँदैन।’

उनले स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको दाबीसमेत गरे। कांग्रेसको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको यादवले बताए।

उनले पुर्खालाई बिर्सिएर जनतामा जान अरु पार्टीसँग मिलेर अंशबन्डा गर्नु कांग्रेसका लागि लज्जाको विषय भएको बताए।

‘कांग्रेसीले बीपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ। बिपीको जेल डायरी,बिपीको आत्मवृतान्त, बीपीले बोलेका राजनीतिका बारेमा विषयहरु कांग्रेसीलाई पढ्न फुर्सद छैन’, उनले भने, ‘सोझै कांग्रेस छिर्छन्। किनकी टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसीमा लागेकालाई फुर्सद नै छैन। पैसामा टिकट बेचिरहेको छ। सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ। वडाको टिकट बिक्री भएको छ। पालिकाको टिकट बिक्री भएको छ।’

उनले अहिले विधि र आदर्शबारे कुरा गर्नै छोडिसकेको बताए। ‘बिपी, गणेशमान,किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ?’, उनले सोधे, ‘बीपीको एक गुण पनि हामीमा छैन। कांग्रेसीमा त हुनैपर्ने हो। हामी कोहीमा छैन। कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेका छौँ हामी। जनताबीच जान पनि अरु पार्टीसँग मिलेर अंशबन्डा गरिरहेको छ। राम,राम,राम!’

उनले कांग्रेसबारे राम, राम भन्ने बेला भइसकेको बताए। ‘उहाँले भन्नुहुन्छ जय नेपाल स्वीकार गर्नुस्, एक जनाले पनि स्वीकार गर्नुभएन। चित्त दुखेर नबोलेका हुन्’, यादवले भने।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको