वीर अस्पतालसहित यी सरकारी क्याम्पसलाई बालेनको पत्र, अटेर गरे कारबाही

काठमाडौं महानगरपालिकाले देशकै पुरानो वीर अस्पताल, दशरथ रंगशाला र उपत्यकाभित्रका पाँचवटा क्याम्पसलाई १० दिनभित्र घरबहाल कर बुझाउन पत्र लेखेको छ।

महानगरले यसअघि नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर बुझाउन पत्र पठाइसकेको छ।

महानगरले बिहीबार लेखेको पत्रमा वीर अस्पताल, दशरथ रंगशाला, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्सपलाई १० दिनभित्र कर बुझाउन भनेको हो।

अफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन उनीहरुलाई भनिएको छ।

पटक पटक ताकेदा गर्दा पनि हालसम्म नबुझाएको भन्दै बहाल आम्दानी विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्रमा बहाल कर र त्यसको जरिवाना पनि बुझाउन भनिएको छ।

यदि यो अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाहले राजश्व असुली र अवैध संरचना भत्काउने अभियान चलाइरहेका छन्।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको