बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ। बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उनी अहिले चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।
९६ वर्षीया महारानीको स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताइएको छ। उनी अहिले स्कटल्यान्डमा रहेको बारमोरल क्यासलमा छन्। नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई उनले त्यहीँ सपथ खुवाएकी थिइन्।
बुधबार हुने भनिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे चर्चा भएको थियो।
प्रधानमन्त्री ट्रसले बिहीबार ट्विट गर्दै बहिङ्गम दरबारबाट महारानीका बारेमा आएको समाचारमा सम्पूर्ण मुलुक नै चिन्तित भएको बताएकी छन्।
उनले लेखेकी छन्- म र संयुक्त अधिराज्यभरिका सबै नागरिकको साथ अहिले महारानी र उनको परिवारलाई छ।
महारानी बिरामी परेको खबरपछि उनका छोरा-बुहारी नातीसहित परिवारका सदस्य बारमोरल क्यासल गएका छन्।
The whole country will be deeply concerned by the news from Buckingham Palace this lunchtime.
My thoughts – and the thoughts of people across our United Kingdom – are with Her Majesty The Queen and her family at this time.
— Liz Truss (@trussliz) September 8, 2022
