बालेनका मुख्य सारथिसहित तीन जना रविको पार्टीमा प्रवेश, पाए महत्वपूर्ण जिम्मेवारी

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अरनिकोकुमार पाँडेसहित तीन जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार सम्पन्न वार्ता समिति पनि गठन गरेको छ।

आगामी चुनावमा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकतासमेत गरी पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी गराउन वार्ता समिति गठन भएको हो।

उक्त समिति सदस्यमा गणेश पराजुली, अरनिकोकुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की छन्। घोषणा पत्र तयारी समिति पनि पुनर्गठन भएको छ।

वातावरणविद अरनिकोकुमारको नेतृत्वमा घोषणा पत्र निर्माण गर्न समिति पनि गठन भएको छ। उक्त समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन, रामकृष्ण भट्टराई सदस्य छन्।

यीमध्ये जलवायुविज्ञ अरनिको ललितपुर ३ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्। गणेश कार्की काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकारमध्ये एक हुन् । उनले महानगरलाई आवश्यक सुझाव दिने र रणनीति बनाउने काममा भाग लिँदै आएका थिए ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको