आगामी चुनावबाट माओवादी सबैभन्दा ठुलो कम्युनिष्ट दल बन्छ: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावबाट आफ्नो दल दोस्रो ठुलो पार्टी बन्ने दाबी गरेका छन् ।

म‌ंसिर ४ गते हुने चुनावमा माओवादी केन्द्र मुलुककै दोस्रो ठुलो र पहिलो वामपन्थी दल हुने प्रचण्डको दाबी छ । पोखरामा पार्टी निकट स्वास्थ्यकर्मीको सम्मेलन उद्घाटन् गर्दै उनले गठबन्धन दलबीच सिट बाँडफाँट गर्दा पनि माओवादी दोस्रो ठुलो दल हुने हिसाबले काम भइरहेको बताए ।

प्रचण्डले भने, ‘ अब प्रदेश र संघको चुनावमा जाँदा माओवादी सबैभन्दा ठुलो कम्युनिष्ट शक्ति बन्ने हिसाबले गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहेको छ ।’

स्थानीय चुनावमै त्यसको सम्भावना देखिए पनि आफ्ना केही कमजोरीका कारण मौका गुमेको उनले जिकिर गरे । विगतमा जितेका ५० भन्दा बढी पालिका यसपटक गुमाएको भन्दै उनले ति कायम राख्न सकेको भए स्थानीय चुनावमै माओवादी दोस्रो ठुलो शक्ति भइसक्ने उल्लेख गरे ।

पोखरामै संचारकर्मीसँग प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाबीच भावि प्रधानमन्त्रीलाई लिएर कुनै सहमति नभएको बताए ।

भारत भ्रमणका क्रममा त्यस्तो सहमति भएको भनि चर्चा चलेको भन्दै प्रचण्डले यसबाट छिमेकी मुलुक पनि भ्रममा परेको जनाए । त्यही भ्रमका कारण चीनका अधिकारीले समेत आफूलाई जिज्ञासा राखेको प्रचण्डले बताए ।

प्रतिगमनकारी शक्तिले त्यस्तो हल्ला चलाएको प्रचण्डको दाबी थियो ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको