यी लेखा अधिकृतले कसरी कमाए दुई वर्षमा साढे ७ करोड ?

काठमाडौं- सामान्य लेखा अधिकृतको जागिरे। सम्पत्ति भने अथाह। काठमाडौंमा आफ्नो नाममा जग्गा-जमिन। श्रीमतीदेखि दिदी, सासु तथा साढु दाइको नाममा काठमाडौंको ज्ञानेश्वरमा जग्गा तथा बैंक ब्यालेन्स। दुई वर्षमै करिब साढे ७ करोडको सम्पत्ति आर्जन। उदयपुरको कटारी नगरपालिकाका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालको कमाइ देखेर सहकर्मी मात्रै होइन, परिवारकै सदस्य समेत चकित पर्थे।

करोडौंको कारोबार गर्न थालेपछि श्रीमती रिना आचार्य ढकाल समेत चकित पर्थिन्। जवाफमा श्रीमतीलाई रविनचन्द्र भन्थे, ‘बुबाआमा जागिरे। पुर्ख्यौली सम्पत्ति धेरै, त्यही बेचेको।’ तर, रविनचन्द्रले भनेजस्तो पुर्ख्यौली सम्पत्तिको कारोबार नभएको विशेष अदालतले ठहर गर्यो। सम्पत्तिको स्रोतबारे उनले अदालतसमक्ष पनि त्यही दाबी गर्थे, जे श्रीमतीलाई सुनाएका थिए।

उनको दाबी प्रमाणबाट पुष्टि हुन नसकेको र रविनचन्द्रले भ्रष्टाचार नै गरको ठहर गर्दै विशेष अदालतले फैसला सुनाएको छ। भदौ २२ गते रविनचन्द्रलाई ९ वर्ष कैदको फैसला गर्दै विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले रविनचन्द्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको तीन वटै मुद्दामा दोषी ठहर गरेको छ।

इलामको माई नगरपालिकाको लेखा अधिकृत भएका बेला ३ करोड २४ लाख ५६ हजार १४१ रुपैयाँ भ्रष्टाचार गरेको, उदयपुरको कटारी नगरपालिकाको लेखा अधिकृत हुँदा ३ करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ भ्रष्टाचार गरेको र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा १४ लाख ७९ हजार ३०६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ। भ्रष्टाचार गरेको रकम बराबरको बिगो र सोही बराबरको जरिवाना समेत हुने फैसला विशेष अदालतले गरेको छ।

२०७२ सालमा सेवा प्रवेश गरेका रविनचन्द्र करिब ३ वर्षमै साढे ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अदालतले पुष्टि गरेको हो। अख्तियारले पक्राउ गरेर मुद्दा चलाएका रविनचन्द्रलाई अदालतले पुर्पक्षमै राखेर फैसला सुनाएको छ। करिब ४ वर्ष कैद बसिसकेका उनी अदालतको फैसला अनुसार अझै ५ वर्ष कैद बस्नुपर्ने भएको छ।

भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका लेखा अधिकृत ढकालले आफ्नो नाममा मात्रै होइन, आफ्ना नातेदारदेखि साथीको नाममा समेत सम्पत्ति राखेको पाइएको छ। नगरपालिकाका लागि आएको रकम नै आफ्नो निजी बैंक खातामा राखेर व्यक्तिगत बनाएका ढकालले आफ्ना नातेदारको नाममा बैंक खाता खालेर राख्ने गरेको र घर-जग्गामा समेत लगानी गरेको विषय अदालतले पुष्टि गरेको छ। ढकालले भ्रष्टाचार गरेर किनेको ललितपुरको झरुवाबासीको जग्गा, सिन्धुलीको जग्गा समेत जफत गर्नुपर्ने ठहर विशेष अदालतले गरेको छ।

त्यसैगरी आफन्तका नाममा बैंक खाता खोलेर राखिएका सम्पत्ति समेत जफत गर्नुपर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। ढकालले बैंकको नाममा विभिन्न कीर्ते पत्र तथा कागजात तयार गरी कटारी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा बदनियतपूर्ण तरिकाले राख्ने गरेको पाइएको थियो।

कटारी नगरपालिकामा हुँदा २०७४ माघ महिनाको दोहोरो तलब निकाली ३६ हजार ९ सय ७ तथा २०७४ चैत्त महिनाको तलबी भर्पाइ मिलाई ५० हजार समेत गरी कुल जम्मा ३ करोड ९ लाख ३६ हजार ९ सय ८७ भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ।

अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम आफैंले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यहरुको नाममा अचल सम्पत्ति घर-जग्गा-जमिन खरिद गरेका थिए। ढकालले भ्रष्टाचार गरी कमाएको रकमबाट खरिद गरिएको जग्गा श्रीमती रिना आचार्य, आमा प्रेमकुमारी दाहाल, काकी सावित्री प्याकुरेल सासु तुलसादेवी आचार्य, र साथी प्रमिला भण्डारीको नाममा राखेको पुष्टि भएको छ।

माई नगरपालिकामा रहँदा ढकालले बैंकमा रकम जम्मा गर्ने प्रयोजनका लागि पठाएको पत्रमा र कार्यालयमा रहने पत्रमा विवरण फरक पार्ने, कार्यकारी अधिकृतको हस्ताक्षर आफैंले गर्ने र राजस्व तिरेको भौचर खडा गरी भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको