महावीर पुनले पाए नेपालकै ठूलो धनराशिको पुरस्कार

काठमाडौँ- नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।

गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको हो।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।

पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिने बताइएको छ।

उता, चीनमा कार्यरत नेपाली वैज्ञानिक डिवी कट्टेलले सवा एक करोड बराबरको अनुसन्धानवृति पाएका छन्। चीनको अन्तर्राष्ट्रिय उत्कृष्ट युवा वैज्ञानिकहरूका लागि अनुसन्धान कोषबाट चिनियाँ मुद्रा सात लाख आरएमबी बराबरको अनुसन्धानवृति पाएका हुन्।

चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानको सिफारिसमा दुई वर्षका लागि अनुसन्धानवृति पाएको उनले बताए।

आफूले पेस गरेको परियोजना प्रस्तावमा प्रतिष्ठानबाट कठिन समीक्षा र स्क्रिनिङ प्रक्रियाहरू पार गरेपछि स्वीकृत भएको जानकारी आएको उनले बताए।

तेस्रो ध्रुव क्षेत्रहरूमा जलवायु परिवर्तनशीलता, संयन्त्र, प्रक्रियाहरू र जलवायु परिवर्तनको मूल्यांकनमा अन्तर्राष्ट्रिय अनुसन्धान सहयोगका लागि खर्च गर्ने उनले बताए।

उनी इन्स्टिच्युट अफ टिबिटिएन प्लेटौ रिसर्च, चाइना एकेडेमी अफ साइन्समा कार्यरत छन्।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको