निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले आज पनि खोले राजनीतिक दलहरुको पोल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक दलहरुले न्यायाधीशमा कोटा माग्ने गरेको बताएका छन्।आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले दलहरुले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्ती गर्नु भन्दै पत्र नै पठाउने गरेको बताएका हुन्।

न्यायाधीश नियुक्तीमा अनुचित ढिलासुस्ती गरेको आरोपको राणाले खण्डन गरे। ‘कहिले कहिले परिस्थिति त्यस्तै बन्छ। खुल्ला रुपमा भन्दा फेरि प्रश्नहरु बाहिर जान्छन्। हामी खुल्ला समाजमा छौं। जनताको अदालतमा भनिएन भने पनि जनताको आकांक्षा भन्दा फरक हुन्छ। हरेक नियुक्तीमा राजनीतिक भागबण्डा हुन्छ। उहाँहरुको चाहना हुन्छ। हरेक नियुक्तीमा बारका पदाधिकारीको चाहना छ। हरेक पार्टीले सिफारिसै गरेर पठाएका हुन्छन्। यो न्यायाधीशलाई नियुक्ती गर्नुपर्छ भनेर। यो कुरा त लेटरप्याडमै परिषदलाई र प्रधानन्यायाधीशलाई पठाएका रेकर्ड छन्। किन लुकाउनुपर्छ’, राणाले बयानका क्रममा भने।

त्यसले गर्दा पनि योग्य व्यक्ति चयनमा कहिले कहिले केही ढिलाई भएको उनको भनाई छ। त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले पनि समितिमा बोलाएर सोध्न निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले माग गरेका छन्।

संवैधानिक आयोगहरुमा भएको नियुक्तीको सुनुवाइ रोक्न एकल इजलासले आदेश दिएको र त्यो चोलेन्द्रकै आदेशमा भएको आरोपको खण्डन गर्दै उनले यसबारे समितिले न्यायाधीश फुयाँलले बोलाएर सोध्न सक्ने बताए।

आइतबार समितिको बैठकमा बयान दिने क्रममा उनले भने आफूले दबाव दिएर न्यायाधीश फुयाँलले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दा रोक्न आदेश दिएका हुन् कि आफ्नै विवेकले भन्ने उनीबाटै जवाफ माग्न भनेका हुन्।

‘त्यस्तो आदेश आउनुमा प्रधानन्यायाधीशकै भूमिका र संलग्नता रहेको भन्ने आरोप लगाइयो। यति घृणित कार्य त मबाट हुनै सक्दैन। यदि यो महाअभियोग छानबिन समितिलाई यस्तो लाग्छ भने उहाँलाई उपस्थित गराएर बुझ्दा पनि हुन्छ। यो अधिकार समितिलाई छ। उहाँले यो स्वतन्त्र रुपमा गर्नु भयो कि प्रधानन्यायाधीशको निर्देशनमा गर्नुभयो। यसरी प्रधानन्यायाधीशको निर्देशनमा पनि कुनै फैसला हुन्छ भनेर कल्पना गर्ने हो त?’, राणाले समितिलाई सोधे।

आदेश गर्ने न्यायाधीशको विषयमा कुनै प्रश्न नगरिएको तर त्यो आदेशमा पनि आफैंलाई जोडिएको भन्दै उनले त्यसलाई घृणित कार्य भने।

‘नेपाली भाषाको डिक्स्नरी भएको सबैभन्दा तल्लो तहको आरोप ममाथि लगाइयो। विधि र प्रक्रियाबाट नियुक्त प्रधानन्यायाधीशलाई यस्तो आरोप लगाउनु भनेको समग्र न्याय प्रणालीलाई असफल बनाउनु हो। सबै न्यायाधीश असफल छन् भन्ने गम्भीर आरोप हो’, चोलेन्द्रले भने, ‘आफ्नो योग्यता पुगेर नियुक्त भएका न्यायाधीशहरु आफ्नो भूमिकामा स्वतन्त्र छन्। यस्तो किसिमबाट गरेको निर्णयलाई प्रधानन्यायाधीशको दबाब र प्रभावमा पर्यो भनेर आरोप लगाउनु भनेको त अहिले बहाल रहेको न्यायाधीशमाथि पनि गम्भीर आरोप हो।’

सर्वोच्च अदालतका सबै न्यायाधीश विचौलिया हुन्, यिनलाई प्रधानन्यायाधीशले निर्देशन गर्छ। प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् जस्ता आरोप लगाइएको चोलेन्द्रले बताए।

स्वतन्त्र न्यायपालिकालाई टिकिखान नदिने, बसिखान नदिने न्यायालयलाई ध्वंस बनाउने गरी आरोप लगाएको भन्दै चोलेन्द्रले आफूमाथिका आरोपको खण्डन गरे।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको