एकै ठाउँमा सरुवा माग्दै प्रहरीका ११ सय जोडी

काठमाडौं -नेपाल प्रहरीमा जोडी प्रहरीको संख्या बढिरहँदा उनीहरूलाई सँगै खटाउन समस्या भएको छ । हाल करिब एक हजार एक सय जोडीले एउटै क्षेत्रमा खटाइदिन माग गरी निवेदन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल नेपाल प्रहरीमा दुई हजार नौ सय ७२ जोडी कार्यरत छन् । श्रीमान्–श्रीमतीलाई सँगै खटाउने प्रहरीको नीति छ । तर, धेरैले राजधानी र सुगममै रोज्ने भएका कारण सबैलाई मागअनुसार प्रहरी प्रधान कार्यालयले सरुवा मिलाउन सकेको छैन । जसकारण धेरैजसो जोडी प्रहरी फरक–फरक जिल्लामा काम गर्न बाध्य छन् ।

प्रहरी जोडीको संख्या बढ्दै गएकाले एकै ठाउँमा खटाउन प्रहरी प्रधान कार्यालयलाई समस्या परेको हो । प्रहरीले हालै प्रहरी जोडीलाई सम्भव भएसँगै एकै ठाउँमा सरुवा गर्ने भन्दै त्यसका लागि परिपत्र गरेको थियो ।

जसमा करिब एक हजार एक सय जोडीले निवेदन दिएका छन् । तर, निवेदन केलाउँदा धेरैले सुगम नै बस्न चाहेको र दरबन्दी मिलाउन गाह्रो भएपछि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।

प्रहरी प्रवक्ता टेकप्रसाद राई प्रहरीमा श्रीमान्–श्रीमती दुवै प्रहरी संगठनमा भएको अवस्थामा सकेसम्म एउटै कार्यालयमा खटाउने संगठनको नीति भएको बताउँछन् । ‘परिवार सँगै हुँदा प्रहरीले अझै राम्रोसँग काम पनि गर्न सक्छन्, उनीहरूलाई पनि सहज हुन्छ,’ उनी भन्छन्, ‘अहिले सँगै खटाउने गरी हामीले तयारी गरिरहेका छौँ, खासगरी नयाँ शैक्षिक सत्र सुरु हुने समयमा यस्तो सरुवा हुनेछ ।’ बालबच्चाको पढाइलाई ध्यानमा राखी जोडी प्रहरीको शैक्षिक सत्रको समयमा सरुवा गर्न लागिएको हो ।

तर, सधैँभरि सँगै खटाउन भने नसकिने उनी बताउँछन् । ‘प्रहरी पेसा मूलतः सेवा हो भन्ने सबैले बुझ्नुपर्छ,’ डिआइजी राई भन्छन्, ‘त्यसकारण सधैँभरि सँगै राख्न सम्भव नहुन पनि सक्छ ।’ एक जोडीलाई कम्तीमा तीन वर्षसँगै राख्ने नीति प्रहरीले लिएको छ ।

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले सरुवा माग्ने जोडीहरूको निवेदनमा अध्ययन गरिरहेको छ । धेरैले उपत्यका र सुगम ठाउँ रोजेपछि तत्काल चुनावअघि सरुवा गर्न नसकिने निष्कर्षमा प्रहरी प्रधान कार्यालय पुगेको छ । एकै ठाउँमा सरुवाको माग गर्दै प्रहरी प्रवक्ता राईलाई दैनिकजसो तल्लो तहका जोडी प्रहरीले फोन गर्छन् ।

प्रहरी कर्मचारी धेरैजसो विवाहपूर्व नै सेवामा प्रवेश गर्छन् । भर्नापछि ब्याचबीच नै बिहे हुने क्रम बढेको छ । पारिवारिक कारणले धेरैजसो महिला प्रहरी घरपायक र उपत्यका रोज्ने गर्छन् । जसले गर्दा उपत्यकाबाहिरका धेरै जिल्लामा महिला प्रहरीको संख्या न्यून छ । उपत्यका र सहरमा धेरै त बाहिर कम हुँदै पुलिसिँ प्रभावकारी हुन सकेको छैन ।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको