नेपाल आइपुगे चिनियाँ सभामुखसहितको जम्बो टोली, तीन दिनसम्म के- के गर्दैछन् ?

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्स काठमाडौं आइपुगेका छन्। बिहीबार बिहान फर्किनेगरी नेपाल आएका उनले यहाँ राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष अनि परराष्ट्रमन्त्रीसँग सिष्टाचार भेट गर्नेछन्।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन् ।

कार्यसूचीअनुसार उनले सोमबार काठमाडौं उत्रिएको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ।

भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ । भेटपछि सभामुख सापकोटाले समकक्षी लीका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन् ।

त्यस्तै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एमालेका अध्यक्षसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी संसद भवन पनि जानेछन्।  नेपाल-चीनमैत्री संसदीय समूहको टोलीसँगै संसद भएर गएर उनले सबै दलका संसदीय दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

६ जना मन्त्रीसहितको उच्चस्तरीय टोली लिएर आउन लागेका लीको यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनफिङपछि नेपालमा उच्च चिनियाँ भ्रमण हो। उनी सीका विश्वासपात्र पनि हुन्।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको यो उच्चस्तरीय चिनियाँ भ्रमणलाई रणनीतिक रूपमा पनि हेरिएको छ। यो भ्रमण खासगरी नेपालको संघीय संसद र चिनियाँ जनकंग्रेसबीच सहकार्यका लागि छलफलमा केन्द्रित हुने बताइएको छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको