नगर प्रहरी थप्दै बालेन, क-कसले खान पाउँछन् जागिर ?

काठमाडौं – काठमाडौं महानगरपालिकाले १ सय ६२ जना नगर प्रहरी थप्ने भएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार निजी सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन)ले राष्ट्रिय सभा गृहमा नगरप्रहरीहरुलाई नेपाल प्रहरीको भन्दा अब्बल काम गरेर देखाउन निर्देशन दिएका थिए ।

नगरप्रहरीलाई नेपाल प्रहरी भन्दा फरक दृष्टिकोणले हेर्ने गरेको भन्दै शारिरीक रुपमा फिटनेस, आर्थिक पारदर्शिता र प्रभावशाली व्यक्तित्व बनाउन निर्देशन दिएको एक नगर प्रहरी अधिकृतले बताए । महानगरले अहिले १ सय ७३ नगर प्रहरी कार्यरत रहेको जनाएको छ ।

त्यस्तै, मेयर शाहले नगर प्रहरीलाई गलत काम नगर्न निर्देशन दिएका छन् । आज साेमवार भएकाे एक कार्यक्रममा उनले यस्ताे निर्देशन दिएका हुन् ।

मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे । उनले भने , ‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएकाे छ । हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएकाे धन, पाप धुरीबाट कराउँछ भनेजस्तै याे कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’

यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारकाे बनाउने बताए ।

आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।

‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’, उनले भने, ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् । यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’ साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको