सबै सामुदायिक विद्यालयलाई बालेनले काटे पत्र

काठमाडौं – काठमाडौं महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्रचार गरेको छ । विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ ।

यसअघि नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी १० सहित ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौं महानगरपालिकाको राजस्व विभागले पत्र पठाइसकेको छ।  ती निकायले कामपासँग सोधखोज शुरू गरेको छ । कामपाका अनुसार ती निकायहरूबाट झन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ ।

कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो । चेतावनीपछि अधिकांश निकायले कर तिर्न कामपासँग हिसाबकिताब माग गरेको छ । वर्षाै देखि कर नतिरेका ती संस्थाले तोकेको समयभित्र कर भुक्तानी नगरे व्यवसाय नै बन्द गराउने चेतावनी पनि दिइएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले यही भदौ १९ देखि २३ गतेसम्म पत्रचार गरेका ३४ निकायले कर नतिरे कारोबार बन्द गर्ने चेतावनी दिएको जानकारी दिँदै भन्नुभयो– ‘सरकारी निकायले व्यवसाय चलाएपछि कर तिर्नुपर्छ, विभिन्न बहाना देखाएर नतिर्ने मनसाय गलत हो ।’कर नतिर्ने सरकारी निकायमा नेपाली सेना, नेपाल प्रहरी, कृषि सामग्री संस्थान, गुठी संस्थानले भाडामा दिएको पुतली सडकको सेयर मार्केट, खाद्य संस्थान, नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा, राष्ट्रिय नाचघर, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेसनल ट्रेडिङ कम्पनी रहेका छन् । महानगर राजस्व विभागले सरकारी निकायलाई कर तिर्न ताकेता दिँदै गत वर्ष पनि पत्राचार गरेको थियो ।

कामपाले तीन दशकदेखि भाडा खाएर कर नतिर्नेलाई कारबाही गर्न गत वर्ष पनि पत्राचार गरेको थियो । राजस्व विभागका निर्देशक डा. शिवराज अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारी निकायले आफ्नो स्वामित्वमा रहेको घर भाडामा दिएपछि कर तिर्नुनपर्ने ? ती निकायले तत्काल कर नतिरे चरणबद्ध कारबाही गर्नेछौं ।’कामपाले कर नतिर्नेमाथि १० दिनपछि संस्था प्रमुखलाई छलफलका लागि डाक्ने योजना बनाएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘छलफलपछि केही दिन समय दिनेछौं ।

त्यस बेला पनि कर नतिरे ताला लगाइदिनेछौं । विभागले भदौ २१ गते १७ निकाय, २३ गते ७ वटा क्यासिनो र २३ गते नेपाली सेना, नेपाल प्रहरीसहित १० निकायलाई पत्राचार गरेको थियो । अब केही दिन कुर्नेछौं, त्यसपछि पनि कर नतिरे कारबाही प्रक्रिया शुरू गर्नेछौं ।’ पत्राचार गरिएका निकायमध्ये निजीबाहेक सरकारी निकायले कर तिर्न चासो देखाएको कामपाको भनाइ छ ।

नेपालको संविधानको अनुसूची ८ ले स्थानीय करअन्तर्गत सम्पत्ति कर, घरबहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै कामपाले तीन चरणमा सम्पत्ति र घरजग्गा कर बुझाउन ३४ निकायको सूची प्रकाशित गरेको हो ।

कर नतिर्ने संस्थामाथि स्थानीय कानुनले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने डा. अधिकारीको चेतावनी थियो । कामपाले केही दिनमा सिद्धार्थ वनस्थली, अजय सुमार्गीको बानेश्वरमा रहेको व्यापारिक भवनलगायत करिब २० निकायको फेरि सूचना निकाल्ने तयारी गरेको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको