कछुवा गतिमा ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम

ललितपुर – पछिल्लो समय ललितपुरको चापागाउँ दोबाटोदेखि बालकुमारीसम्म अत्यास लाग्दो ट्राफिक जाम हुने गरेको छ । विगतमा पनि लामो समय ट्राफिक जाम हुने यो सडकमा नर्माण थालिएको फ्लाइओभरका कारण सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ ।

जोकोहीले पनि यो सडक भएर यात्रा गर्नु पर्यो भने कम्तीमा पनि एक घण्टा समय निकालेर हिड्नु भर्ने हुन्छ । चापागाउँ दोबाटोदेखि बालकुमारीसम्मको यात्रालाई कम्तीमा पनि ४५ मिनेट समय निकालेर यात्रा तय गरेन भने जोकेही पनि समयमा गन्तब्यमा पुग्न कठिन हुने गरेको छ ।

विगतदेखिनै ग्वार्को क्षेत्रमा अत्यासलाग्दो ट्राफिक जाम हुने गरेको र त्यही ट्राफिक जाम घटाउने उद्देश्य राखेर निर्माण थालिएको फ्लाइओभरका कारण सर्बसाधणले सास्ती खेपी रहनु परेको छ ।

त्यसमा पनि निर्माण कम्पनीले समयमा निर्माण नसक्ने भए पछि यो बाटो भएर यात्रा गर्ने जोकैहील अझै लामो समय सास्ती खेप्नु पर्ने देखिएको छ । मुलुककै पहिलो फ्लाइओभर भएर पनि सर्वसाधारणको यसप्रति बढी चासो रहेकोले पनि यात्रा गर्दा जाममा परेपनि खासै कसैले केही भनेको सुनिन्न । तर दुर्भाग्य मुलुककै पहिलो फ्लाइओभर निर्माणाधीन अन्य पूर्वाधारका आयोजनाजस्तै यसको निर्माण पनि समयमा नसकिने भएकोे छ । यो फ्लाइओभरको ठेक्का सम्झौता हुँदा दिइएको समय सकिन अब एक केही हप्तामात्र बाँकी छ । तर, निर्माण प्रगति भने बल्ल ३५ प्रतिशतमात्रै पुगेको छ ।

अर्कोतिर यो फ्लाइओभर समयमा नबन्दा त्यो क्षेत्र भएर अहिले आवतआवत गर्न झनै समस्या बढेको छ । फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । अहिले सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।

सरकारले महत्व दिएका केही आयोजनामध्ये यो पनि एक हो । संसारका धेरै मुलुकमा सडक पूर्वाधारमा फ्लाइओभर र टनेल निर्माणको विषय सामान्य भइसकेको भएपनि हाम्रोमा भने पहिलो पटक फ्लाइओभर र टनेल (नागढुंगा) बन्दैछन् । तर, यिनै आयोजना निर्माणको गति कछुवा शैलीमा छ । देशको राजधानीमै भौतिक पूर्वाधार निर्माणमा यस्तो खेलाँची गरिन्छ भने दूरदराजमा बन्ने आयोजनाहरुमा कस्तो लापरवाही होला ? यो सबैले देखेकै र भोगेकै कुरा हो ।

ग्वार्कोमा फ्लाइओभर निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद यही महिना थियो । त्यसअनुसार समय सकिन केही हप्ता (फागुन ११) मात्र छ । तर, ग्वार्को फ्लाइओभरको भौतिक काम ३५ प्रतिशतमात्र भएको छ ।

ग्वार्को फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

योमात्र होइन, मुलुकका अधिकांश आयोजनामा सुरुको डिजाइन असफल भएर अर्को बनाउनु सामान्य जस्तो भइसकेको छ । कतिपय स्थानमा पक्की पुल निर्माण गर्दा नदीको एकातिरको भागमा पिल्लर बनाएपछि अर्को भागमा पिल्लर बनाउँदा नमिल्ने गरी समस्या आएका घटना पनि छन् ।

सम्झौता हुँदा तोकिएको म्याद फागुनमा सकिने भए पनि निर्माणको काम पूरा हुने अवस्था नरहेको विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले बताए । आगामी जेठ–असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य राखेर अहिले काम भइरहेको उनको भनाइ छ । अहिले पाइल निर्माण गर्नेर्, याड बनाउने र ग्राउन्ड इम्प्रुभमेन्टको काम जारी रहेको उनले बताए । विगतमा भन्दा पछिल्लो समय कामले गति लिएकाले आगामी असारभित्र निर्माण पूरा हुने महर्जनले बताए ।

निर्माण कम्पनीले साउनसम्म म्याद थपको प्रस्ताव गरेको विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । निर्माण कम्पनीले साउनसम्मको म्याद थप प्रस्ताव गरेको र असारसम्म म्याद थप गर्ने योजना बनाइएको उनले बताए । अहिले फागुन १२ सम्मको समय रहेकाले आवश्यक छलफल गरेर म्याद थपको निर्णय गर्ने शाक्यको भनाइ छ ।

ग्वार्को चोकमा फ्लाइओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा बनिरहेको छ ।

ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको