गण्डकी पब्लिक बोर्डिङ स्कुलमा अबाकस, राष्ट्रिय अवार्ड जितेरै छाड्ने उद्घोष

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रहेको गण्डकी पब्लिक बोर्डिङ स्कुलमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयमा २ वर्षदेखि अबाकस लागु हुँदै आएको छ । पाँच सय विद्यार्थी सहभागी विद्यालय स्तरीय प्रतियोगीताबाट छनोट भएका प्रतियोगीले राष्ट्रियस्तरको प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगीता लगत्तै विद्यालका प्रिन्सिपल आरसी भट्टले अबाकस सुरु भएपछि विद्यार्थीको शैक्षिक वातावरणमा निक्कै सुधार भएको र मस्तिष्कलाई एकाग्र गराउन निक्कै सफल भएको बताए । कक्षा २ देखि ७ सम्मका बालबालिकामा अबाकस लागु गरिएको भन्दै उनले अबाकस विद्यालयमा लागु गर्न पाएकोमा निक्कै खुसी लागेको बताए । विद्यालयमा अबाकसलगायत अरु थुप्रै अतिरिक्त क्रियाकलाप संचालन भईरहेको भन्दै उनले एसइईमा पनि आफ्नो विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको बताए ।

अबाकस प्रतियोगीतामा सहभागी भएका अभिभावकले विद्यालयमा हुँदै आएको अबकासलगायत अरु थुप्रै अबाकस प्रतियोगीताले आफूहरुलाई निक्कै खुसी दिलाएको बताए । अबाकस एकदमै उपयोगी र अनिवार्य रहेको भन्दै उनले आफ्ना बालबालिकाहरु यस्ता गतिविधिकै कारण निक्कै टाठाबाठा हुँदै गएको प्रतिक्रिया दिए ।

अबाकस आफ्नो विद्यालयमा लागु भएकोमा विद्यार्थीहरु पनि निक्कै खुसी देखिएका छन् । सुरुमा अबाकसबारे खासै थाहा नभएको तर अहिले अबाकस लागुभएपछि त्यसैबाट सबै जवाफ पाएको उनले बताए । यदि कुनै समय पढाईमा ध्यान केन्द्रीत हुन सकेन भने आफूहरुले अबाकसमार्फत ध्यानलाई एकाग्र गराउने गरेको अनुभव उनीहरुले सुानाए ।

बाल बिकास एनसीमासका तर्फबाट प्रशिक्षक सन्तु सिर्मलले बालबालिकाहरुबाट आफूले निक्कै राम्रो प्रतिक्रिया पाईरहेको बताईन् । प्रतियोगीतामार्फत छानिएकाहरु राष्ट्रियस्तरको प्रतियोगीतामा सहभागी बन्न पाउने र यो पटक गण्डकी पब्लिक बोर्डिङ स्कुलले पहिलो ट्रफी जित्न सफल हुने उनले विश्वास व्यक्त गरिन् ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको