गण्डकी पब्लिक बोर्डिङ स्कुलमा अबाकस, राष्ट्रिय अवार्ड जितेरै छाड्ने उद्घोष

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रहेको गण्डकी पब्लिक बोर्डिङ स्कुलमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयमा २ वर्षदेखि अबाकस लागु हुँदै आएको छ । पाँच सय विद्यार्थी सहभागी विद्यालय स्तरीय प्रतियोगीताबाट छनोट भएका प्रतियोगीले राष्ट्रियस्तरको प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगीता लगत्तै विद्यालका प्रिन्सिपल आरसी भट्टले अबाकस सुरु भएपछि विद्यार्थीको शैक्षिक वातावरणमा निक्कै सुधार भएको र मस्तिष्कलाई एकाग्र गराउन निक्कै सफल भएको बताए । कक्षा २ देखि ७ सम्मका बालबालिकामा अबाकस लागु गरिएको भन्दै उनले अबाकस विद्यालयमा लागु गर्न पाएकोमा निक्कै खुसी लागेको बताए । विद्यालयमा अबाकसलगायत अरु थुप्रै अतिरिक्त क्रियाकलाप संचालन भईरहेको भन्दै उनले एसइईमा पनि आफ्नो विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको बताए ।

अबाकस प्रतियोगीतामा सहभागी भएका अभिभावकले विद्यालयमा हुँदै आएको अबकासलगायत अरु थुप्रै अबाकस प्रतियोगीताले आफूहरुलाई निक्कै खुसी दिलाएको बताए । अबाकस एकदमै उपयोगी र अनिवार्य रहेको भन्दै उनले आफ्ना बालबालिकाहरु यस्ता गतिविधिकै कारण निक्कै टाठाबाठा हुँदै गएको प्रतिक्रिया दिए ।

अबाकस आफ्नो विद्यालयमा लागु भएकोमा विद्यार्थीहरु पनि निक्कै खुसी देखिएका छन् । सुरुमा अबाकसबारे खासै थाहा नभएको तर अहिले अबाकस लागुभएपछि त्यसैबाट सबै जवाफ पाएको उनले बताए । यदि कुनै समय पढाईमा ध्यान केन्द्रीत हुन सकेन भने आफूहरुले अबाकसमार्फत ध्यानलाई एकाग्र गराउने गरेको अनुभव उनीहरुले सुानाए ।

बाल बिकास एनसीमासका तर्फबाट प्रशिक्षक सन्तु सिर्मलले बालबालिकाहरुबाट आफूले निक्कै राम्रो प्रतिक्रिया पाईरहेको बताईन् । प्रतियोगीतामार्फत छानिएकाहरु राष्ट्रियस्तरको प्रतियोगीतामा सहभागी बन्न पाउने र यो पटक गण्डकी पब्लिक बोर्डिङ स्कुलले पहिलो ट्रफी जित्न सफल हुने उनले विश्वास व्यक्त गरिन् ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको