फागुन १ को कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई प्रशासनले दिएन टुँडीखेल

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले फागुन १ गते पहिलो वार्षिकोत्सव काठमाडौंमा मनाउने तयारी गरिरहेको छ।

शक्ति प्रदर्शनका लागि देशभरिबाट समर्थक उतार्ने अभियानले जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराउने प्रयासमा प्रसाईं लागेका छन्। यसका लागि अभियानको उपत्यका समितिले नागरिक अभिनन्दनसमेत गर्ने भनेको छ।

तर कार्यक्रम कहाँ गर्ने भन्नेचाहिँ अझै टुंगो लागेको छैन। प्रसाईंले काठमाडौंको टुँडीखेल मागेका थिए। अभियानको केन्द्रीय कार्यालयले पुस २१ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको थियो।

तर, अहिलेसम्म प्रशासनले कुनै पनि स्थानमा कार्यक्रमका लागि अनुमति नपाएको अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीले  बताए।

‘पुस २१ गते नै प्रशासन कार्यालयमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा हामीलाई टुँडिखेलमा कार्यक्रम गर्नुहोस् भनेर सीडीओले पटकपटक भन्नुभएको हो,’ कार्कीले भने, ‘तर आज आएर टुँडिखेलमा हुन्न, तपाईंहरू भृकुटीमण्डपमा कार्यक्रम गर्नुहोस् भनिँदै छ। भृकुटीमण्डपमा चिनियाँहरूलाई कार्यक्रम गर्न स्थान उपलब्ध गराएका छन्। चिनियाँले कार्यक्रम गर्न स्थान पाउँछन् तर हामी नेपालीले आफ्नै देशमा सभा गर्ने ठाउँसम्म पाउँदैनौँ। यो त अति भएन र?’

गत मंसिर ७ मा प्रसाईंले बल्खु चोकमा कार्यक्रम गरेका थिए। भोलिपल्टबाट उनको प्रदर्शन तीनकुने हुँदै गौशाला पुगेको थियो।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको