फागुन १ को कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई प्रशासनले दिएन टुँडीखेल

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले फागुन १ गते पहिलो वार्षिकोत्सव काठमाडौंमा मनाउने तयारी गरिरहेको छ।

शक्ति प्रदर्शनका लागि देशभरिबाट समर्थक उतार्ने अभियानले जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराउने प्रयासमा प्रसाईं लागेका छन्। यसका लागि अभियानको उपत्यका समितिले नागरिक अभिनन्दनसमेत गर्ने भनेको छ।

तर कार्यक्रम कहाँ गर्ने भन्नेचाहिँ अझै टुंगो लागेको छैन। प्रसाईंले काठमाडौंको टुँडीखेल मागेका थिए। अभियानको केन्द्रीय कार्यालयले पुस २१ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको थियो।

तर, अहिलेसम्म प्रशासनले कुनै पनि स्थानमा कार्यक्रमका लागि अनुमति नपाएको अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीले  बताए।

‘पुस २१ गते नै प्रशासन कार्यालयमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा हामीलाई टुँडिखेलमा कार्यक्रम गर्नुहोस् भनेर सीडीओले पटकपटक भन्नुभएको हो,’ कार्कीले भने, ‘तर आज आएर टुँडिखेलमा हुन्न, तपाईंहरू भृकुटीमण्डपमा कार्यक्रम गर्नुहोस् भनिँदै छ। भृकुटीमण्डपमा चिनियाँहरूलाई कार्यक्रम गर्न स्थान उपलब्ध गराएका छन्। चिनियाँले कार्यक्रम गर्न स्थान पाउँछन् तर हामी नेपालीले आफ्नै देशमा सभा गर्ने ठाउँसम्म पाउँदैनौँ। यो त अति भएन र?’

गत मंसिर ७ मा प्रसाईंले बल्खु चोकमा कार्यक्रम गरेका थिए। भोलिपल्टबाट उनको प्रदर्शन तीनकुने हुँदै गौशाला पुगेको थियो।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको