नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सचूना प्रविधिमन्त्री रेखा शर्माको प्रस्तावमा भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।

प्राधिकरणको अध्यक्षका लागि माघ १४ गते सूचना निकालिएको थियो। भण्डारी प्राधिकरणको अध्यक्ष पदमा सुरूदेखि नै बलिया दाबेदार थिए।

भूपेन्द्र भण्डारी २०८० असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका थिए।

भण्डारी मन्त्रीकै गृह जिल्ला दाङ स्थायी ठेगाना हो। उनी ८ वर्ष स्मार्ट मोबाइल बुरुन्डी, १४ महिनामा इन्टरग्रुप टेलिकम, पे नेपालमा करिब ६ महिना काम गरेका छन्।

उनले मन्त्रीसँगको सल्लाहमै अध्यक्ष बन्नको लागि आवेदन दिएका थिए। उनी मन्त्री शर्माको सल्लाहकार पनि विज्ञका रुपमा भएका थिए।

उनी २०७५ सालमा पुरुषोत्तम खनालसँगै प्राधिकरणको अध्यक्षमा प्रतिस्पर्धी रहेका थिए। भण्डारीले एनसेलमा कन्सल्टेन्टका रुपमा समेत काम गरेका थिए।

उनले एनसेलमा ५–६ महिना काम गरेका थिए। अब प्राधिकरणमा एनसेलको सेयर व्यवस्थापन, एमडीएमएस, टेरामक्सको विषय टुंग्याउनुपर्नेछ।

प्राधिकरणको अध्यक्षमा नियुक्तिको चासो राजनीतिक मात्रै नभई व्यावसायिक शक्ति केन्द्रलेसमेत राख्ने गरेका छन्।

सिफारिस

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ ।...

हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा...

आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि...

यस्ता छन् ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू

काठमाडौं - सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई...

धेरै पढिएको