प्रजातन्त्र दिवसमा फोटो पत्रकारलाई प्रवेश निषेध गरिएपछि ‘एनएफपीजे’ को आपत्ति

काठमाडौँ – प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फोटो पत्रकारहरुलाई प्रवेशमा रोक लगाएकोप्रति राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले आपत्ति जनाएको छ ।

एनएफपीजेका कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले एक विज्ञप्ति निकालेर प्रजातन्त्र आएको ७३ वर्ष भईसक्दा पनि यसरी पत्रकारहरुमाथि नै निषेध गर्नु ठिक नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यबाहक महासचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्रको ७३ वर्ष बितेर आजको दिनसम्म आईपुग्दा पनि पत्रकारले फोटो तथा भिडियो खिच्न नपाउने तन्त्र आखिर कसका लागि हो ? कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो ।’

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) फोटो पत्रकारहरुको साझा संगठन हो । देशैभरि छरिएर फोटो पत्रकारिता गरि रहेका फोटो पत्रकारहरु विगत २६ वर्षदेखि यही संस्थालाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध रहेका छन् । २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको कार्यबाहस महासचिव श्रेष्ठले बताएका छन् ।

आगामी दिनमा यस्ता कार्य सच्याएर सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन नेपाल फोटो पत्रकार समूहले सम्बन्धित निकायसँग माग गरेको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको