ललिता निवास क्षेत्रमा सरकारी जग्गा हडपेर बसेकालाई आफैँ हट्न बालेनको ७ दिने सूचना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ ।’ सूचना प्रकाशन गर्नु पर्ने कारण जनाउँदै भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद – १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

सार्वजनिक स्थानमा छोड्ने सम्बन्धमा सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’

सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिएको छ ।

No description available.

सिफारिस

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

धेरै पढिएको