काठमाडौँ उपत्यकामा आज पानी पर्ने

आज (बुधबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज अपराह्न काठमाडौँ उपत्यकामा फाटफुट वर्षाको सम्भावना देखिएको हो।

काठमाडौँ उपत्यकामा मौसम अहिले बिहानैदेखि पूर्णतया बदली (आकाशभरि बादल) भएको उनले बताए।

‘दिउँसो २ बजेपछि उपत्यकामा पनि फाटफुट वर्षा हुने सम्भवना छ’, उनले भने, ‘आज दिनभर उपत्यकामा घाम लाग्ने सम्भावना निकै कम छ।’

घाम नलाग्ने भएका कारण आज काठमाडौँ उपत्यकामा दिउँसो केही चिसो हुने सम्भावना छ। जसका कारण आज उपत्यकाको अधिकतम तापक्रम केही कम हुने अनुमान गरिएको छ।

मौसमविद् प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम कममा १९ तथा बढीमा २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको हो। मंगलबार उपत्यकाको अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको न्यूनतम तापक्रम भने केही बढेको छ। मौसमविद् प्रधानांगका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको हो। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस थियो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। तर त्यतिबेला पनि अहिलेकै तापक्रम (९.५ डिग्री सेल्सियस) कायम रहने सम्भावना पनि हुन्छ भने थोरै घट्न पनि सक्छ।

राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्ने मौसमविद् बताउँछन्।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको