सूचना विभागको कार्ड पैसाले किन्ने प्रहरीको धम्की, परिचयपत्र खोसेर पत्रकारमाथि धरपकड

काठमाडौं – कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीहरुले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । वैदेशिक रोजगार ठगीमा परेकाहरु दबाबका लागि भन्दै काठमाडौंको ताहाचलमा रहेको वैदेशिक राजगार विभागमा पुगेका थिए ।

त्यसक्रममा उनीहरु र प्रहरीबीच धकेलाधकेल भएको थियो । समाचार संकलनका क्रममा नेप्लिज टाईम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र रिपोर्ट सुनिता गौतममाथि प्रहरीबाट दुव्र्यवहार भएको हो । प्रहरीले सुरुमा पत्रकार परिचयपत्र मागेका थिए । त्यसपछि उनीहरुले सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधिको प्रमाणपत्र देखाए । तर, सूचना विभागबाट जारी भएको यस्तो प्रेस प्रतिनिधि प्रमाणपत्र पैसामा किनेर ल्याईदिन सक्छौँ भन्दै सुरक्षाकर्मीले पत्रकारमाथि धम्कीको भाषा बोल्दै आईडी कार्ड खोसे । पत्रकारहरुले आईडी कार्ड दिन आग्रह गरे । तर प्रेस कार्ड फिर्ता गर्नुको सट्टा धरपकट गरेर भ्यानमा राखेर कालिमाटी प्रहरी वृत्त लगे । उनीहरुको दुव्र्यवहार यतिमा मात्रै समिति रहेन । कालिमाटी प्रहरी वृत्तको एउटा कोठामा लगेर क्यामेरा, मोबाईल सबै बन्द गर्न लगाईयो ।

पत्रकारहरुले आफ्नो काम गर्न दिनुस् भन्दै पत्रकार परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीहरुले समाचार संकलन गर्न त दिएन नै धम्कीको भाषा बोल्दै दुव्र्यवहार गरेका थिए ।

कसैलाई क्रोयसिया त कसैलाई क्यानडा र अरु विभिन्न देशमा लैजाने भनेर १ सयभन्दा बढि व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गर्नेविरुद्ध उजुरी परेको तर अनुसन्धान प्रक्रियामा हेलचेक्र्याईं भएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभाग पुगेर आक्रोश पोख्ने क्रममा पत्रकारहरु समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए ।

पीडितको आक्रोशलाई तितरबितर बनाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीको कमाण्डमा सुरक्षा संयन्त्र खटिएको थियो ।

ताहाचलमा रहेका पत्रकारलाई कालिमाटी वृत्तमा जबरजस्ती लगेर राखेर बेलुकीतिर मात्रै छाडियो । पत्रकारलाई यसरी समाचार संकलनमा हस्तक्षेप गर्नु निन्दनीय छ । अझ यस्तो सूचना विभागको कार्ड त पैसामा किनिदिन सक्छौँ भन्दै सूचना विभागको प्रेस प्रतिनिधिको कार्ड खोसेर अनेक लान्छना लगाउँदै गरिएको यो हदसम्मको प्रहरी प्रशासनको हर्कत माफी दिन लायकसमेत छैन । पत्रकार हो भन्ने प्रमाणित भईसकेपछि पनि यसरी दुव्र्यवहार गर्नुले सुरक्षा संयन्त्र र यसको कमाण्ड सम्हाल्नेमाथि नैतिक प्रश्न उब्जिएको छ ।

सिफारिस

घट्यो कुखुराको मासुको मूल्य

काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । असारमा ४२० रुपैयाँ...

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान...

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्...

काठमाडौंमा भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ– पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास...

धेरै पढिएको