पत्रकार शाक्य र गौतममाथि दुर्व्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ – नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि कालीमाटी वृत्तका प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ । महासंघका सचिव रोशन पुरीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो घटनाले स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर रहेको बताएका छन् ।

फागुन ९ गते बुधवार काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रममा समाचार सङ्कलनका लागि विभाग पुगेका पत्रकारद्वयलाई कालीमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुर्व्यवहार गरेको महासंघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘समाचार सङ्कलनका क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालीमाटी प्रहरी वृत्त पुर्याएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । प्रहरीले गरेको यो हर्कतले संविधान प्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ ।’

महासंघ घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधान प्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेस विरोधी घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको