लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागीतामा सम्पन्न प्रतियोगीतामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

प्रतियोगीतामा कक्षा ७ का स्मरण पौडेल प्रथम, प्रनिस कार्की दोस्रो, रोचक पौडेल तेस्रो र शषिरत खड्का चौथो भएका छन् । यहि फागुन २० गते राष्ट्रियस्तरको अबाकस प्रतियोगीता हुँदैछ । त्यसैको तयारी स्वरुप विद्यालयस्तरीय अबाकस प्रतियोगीता गरिएको हो । प्रतियोगीतामा विजयी भएकाहरुले पुरस्कारसमेत पाएका थिए भने बाल बिकास एनसीमास संस्थाका तेजु नेपाललाई मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिलिप रेग्मीले आफ्नो विद्यालयमा अबाकस लागु गराउँदाको समय स्मरण गर्दै त्यसबेला धेरै व्यक्ति यसबाट अनविज्ञ रहेको बताए । विद्यालयले केही वर्षदेखि यसलाई लागु गराउँदै आएको भन्दै उनले आगामी दिनमा यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

बाल बिकास एनसीमासका तेजु नेपालले क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा अबाकस लागु गराउँदा बखतको अवस्था स्मरण गरे भने यो विद्यालयमा लागु गरिएपछि अरु विद्यालयले पनि यसलाई अनुसरण गर्दै लगेको बताए । विद्यालयका भाईस प्रिन्सिपल कविता नेपालले अबाकसले बालबालिकाहरुमा निक्कै सहयोग पुर्याईरहेको बताईन् ।

यसले स्मरण शक्तिमा पनि निक्कै सुधार गरेको भन्दै उनले बालबालिकाहरु थप सक्रिय बन्न मद्धत गरेको र अभिभावकहरु पनि खुशी भएका बताईन् ।

अभिभावकहरु पनि अबाकसका कारण आफ्ना बालबालिकामा आएको परिवर्तन देखेर खुशी छन् । बालबालिकाको मस्तिस्कमा यसले निक्कै ठूलो सहयोग पुर्याईरहेको उनीहरु बताउँछन् ।

विद्यार्थीहरुले पनि आफूहरुमा आएको परिवर्तन देखेर अबाकस अति आवश्यक रहेछ भन्ने बुझेका छन् । उनीहरुले अबाकसका कारण आफूहरुको शैक्षिक सिकाईमा निक्कै ठूलो सहयोग पुगिरहेको बताएका छन् ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको