एमालेबाट इलाम २ को उम्मेदवार को ?

इलाम : आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको आकांक्षा राखेका ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

आकांक्षबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, क्षेत्र नं–२ संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राईको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।

जिल्लाले आज सचिवालयको निर्णय केन्द्रमा सिफारिससहित पठाउने जिल्ला सचिव उमेश गुरुङले बताए।

सचिवालयमा सबै आकांक्षीको विषयमा गहन छलफल भएको तर आकांक्षीको संख्या नघट्ने अवस्था भएपछि सबैको नाम सिफारिस गर्नुपरेको सचिव गुरुङले बताए।

‘शनिबार पनि ६ जना आकांक्षीसँग उम्मेदवार छनोट कार्यदलले सहमतिको प्रयास गर्दा सहमति भएन,’ उनले भने, ‘सहमति नहुँदा ६ जनाकै नाम सचिवालयमा पठाइएकामा सचिवालयले पनि ६ जनाकै नाम सिफारिस गर्ने निर्णय गरेको छ।

केन्द्रको अन्तरपार्टी निर्देशनमा आकांक्षीमध्ये एक महिलासहित तीन जनाको नाम जिल्लाले सिफारिस गर्नुपर्ने उल्लेख छ। तर, सचिवालयमा सहमति नहुँदा ६ जनाकै नाम केन्द्रमा सिफारिस गरिने भएको हो।

एमालेले यसअघि जिल्ला उपाध्यक्ष उदयबहादुर राई सयोजकत्वको कार्यदल गठन गरेको थियो। कार्यदलले उम्मेदवारका आकांक्षीको नाम दर्ता गरेको थियो। पार्टी केन्द्रले चैत १५ भित्रमा उम्मेदवार टुंगो लगाउने सम्भावना रहेको एमालेले जनाएको छ।

एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको