काठमाडौं– बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने खोज्दा उनी पक्राउ परेका हुन् ।
अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको बुझिएको छ । पक्राउ पर्ने उनी झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का हुन् । खड्का दुर्गा प्रसाईँको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए ।
सर्वोच्च अदालतको मूल गेटमा रहेका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो। कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर र १०० राउण्ड गोली बरामद भएको थियो।
उनीहरुले बोकेको हतियार अवैध भने होइन। जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त हतियार हो। व्यवसायी प्रसाईंको आफ्नै सुरक्षा टोली छ, जो हतियारसहित हुन्छन्।
आज सर्वोच्चमा दुर्गा प्रसाईँसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।