काठमाडौं – सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रहरी स्रोतले जनाएको छ ।
प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।