‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्ति प्रति बल्ल बोले प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहका विषयमा स्पष्टीकरण दिएका छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउतले एक अन्तर्वार्तामा आफू सत्तामा रहेका बेला प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्रीले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनी स्टाटस लेखेकामा मेयर बालेनलाई पक्राउ गर्ने तयारी गरेको तर आफूलगायतले विरोध गरेको दाबी गरेका थिए।

सो विषयमा ‘फायरसाइड’ कार्यक्रममा पत्रकार रुपेश श्रेष्ठले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले सीके राउतको भनाइको खण्डन गरेका हुन्।

‘बालेनले चुनाव जित्दा मैले उहाँलाई नेपालको लोकतान्त्रिक बगैँचामा फूलेको एउटा नयाँ फूल भनेको थिएँ। त्यो कुरा बालेनलाई पनि थाहा छ, सबै नेपालीलाई थाहा छ’, प्रचण्डले भनेका छन्, ‘जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु भन्याजस्ता अभिव्यक्ति दिएपछि यो अभिव्यक्ति ठीक छैन भनेर हामीले छलफल गरेकै हो। तर गिरफ्तार गरिहाल्नुपर्ने भन्ने निर्णय नै गरेको होइन। के गर्नुपर्छ? उहाँलाई ल्याएर स्पष्टीकरण सोध्नपर्ने हो कि? अरू केही गर्न पर्ने हो कि? चर्चा भएकै हो। किनभने काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भनेर त हिन्न भए नि भन्ने सन्दर्भमा चलेको कुरा हो त्यो।’

यही कुरालाई अहिले सत्ता गठबन्धनबाट बाहिरिएपछि सीके राउतले बढाइचढाइ गरेर आफू र बालेनका बीचमा झगडा लगाउन खोजेको तर त्यो सफल नहुने प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

‘सीकेजी अहिले अर्काे फ्लोरमा हुनुहुन्छ, त्यसो भएर उहाँले कहाँबाट झगडा पारौँ बालेन र प्रचण्डको बीचमा भनेर सोच्नुभा होला, पर्दैन’, प्रधानमन्त्री अन्तर्वार्तामा भनेका छन्, ‘मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैँचाको फूल भनेको छु, त्यही मानेको छु।’

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको