१० वर्षभित्र सहसचिव बन्ने एसईई दिने छात्राको संकल्प, ओलीले गरे प्रशंसा

यतिबेला सामाजिक सञ्जालमा एसईईको तयारीमा रहेकी एक छात्राले सरकारी जागिरप्रति गरेको संकल्प भाइरल भइरहेको छ।

‘कक्षा १० को पढाई पूरा गरेर एसईईको तयारीमा रहेकी ती छात्राको सर्टको पछाडि लेखिएको छ- २०८२ मा खरिदार, २०८३ मा नायव सुब्बा, २०८५ मा शाखा अधिकृत र २०९० मा सहसचिव!

उच्च शिक्षा पूरा नहुँदै पढाई र रोजगारीको लागि देशवाट युवायुवतीहरु विदेश जाने लहर चलिरहेको बेला एसईईको तयारीमा रहेका विद्यार्थीले विदेश नगएर स्वदेशमै केही गर्ने संकल्प गर्नु आफैँमा सकारात्मक सन्देश हो।

सोही सन्देशसहितको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि त्यसप्रति प्रसन्नता व्यक्त गरेका छन्।

उनले विद्यार्थीमा देशमै केही गर्ने सकारात्मक उर्जाको विकास हुनुपर्नेमा पनि जोड दिएका छन्।

‘यी नानी लगायत हजारौँ विद्यार्थी एसईई परीक्षाको तयारीमा छन्। यीनले स्कूलको बिदाइ समारोहमा आफ्नो पोशाकमा १० वर्षभित्र सहसचिव बनेर सेवा गर्ने लेखेकी छिन्। यो सकारात्मक इच्छा हो,’ ओलीले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘गतवर्ष यही समयमा ‘विदेशमा भेटौँला’ भन्ने लेखिएको तस्बिर देखेको थिएँ। विदेश जानु पनि नराम्रो होइन, तर स्वदेशमै उद्यम र सेवा गर्नु त्यो भन्दा राम्रो हो।’

एमाले अध्यक्ष ओलीले एसईई परीक्षाको तयारीमा रहेका सबै भाइबहिनीहरूलाई सफलताको शुभकामना पनि दिएका छन्।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको