काठमाडौँ उपत्यकामा आज पनि पानी पर्ला ?

देशभरसँगै आज (बिहीबार) पनि काठमाडौँ उपत्यकाको मौसम बदली (आकाशमा बादल) भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज पनि उपत्यकामा घाम देखिने सम्भावना ज्यादै कम छ।

‘आज पनि काठमाडौँ उपत्यकामा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘अघि बिहान ६ बजेसम्म पानी परेको थियो, तर अहिले रोकिएको छ। फेरि मध्याह्नपछि पानी पर्ने सम्भावना देखिएको छ।’

हिजो बुधबार पनि उपत्यकामा दिनभर घाम लाग्न पाएन भने हल्का पानी परिरह्यो। राति पनि वर्षा भएको थियो। जसका कारण काठमाडौँ उपत्यकामा चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीका अनुसार आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ। बुधबार यहाँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए। बुधबार यहाँको अधिकतम तापक्रम १५.४ डिग्री सेल्सियस थियो। यसअघि उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियसबाट पनि माथि चढिसकेको थियो।

मौसमविद् अधिकारीका अनुसार गत २४ घण्टामा त्रिभुवन विमानस्थल क्षेत्रस्थित वर्षा मापन केन्द्रले १३ मिलिमिटर वर्षा भएको देखाएको छ। एकिन तथ्या‌ंक भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने उनले बताए।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको