काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली, आज पनि पानी पर्ला ?

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाश बादलले ढोकेको) भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला (शुक्रबार बिहान) उपत्यकाको मौसम साधारणतया बदली छ। ‘अर्थात् आकाशमा बादल लागिरहेको छ’, उनले भनिन्, ‘पातलो हुस्सु पनि लागिरहेको छ।’

हुस्सुका कारण अहिले उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) २ किलोमिटर मात्र रहेको उनले बताइन्। तर हुस्सु केही बेरमा हटेर जाने सम्भावना छ।

बिहान ७ बजेर २० मिनेट जाँदा उपत्यकाको वायुको तापक्रम १३ डिग्री सेल्सियस छ भने बिहान न्यूनतम तापक्रम ११.९ डिग्री सेल्सियस देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आज उपत्यकाको अधिकतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको उनले बताइन्।

मौसमविद् नगरकोटीका अनुसार दिउँसो काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ। ‘उपत्यकाका सबै ठाउँमा त पानी नपर्ला, कतै कतै वर्षा हुने सम्भावना छ’, उनले भनिन्।

मौसम महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि उपत्यकामा घाम लाग्ने सम्भावना एकदमै कम छ। ‘आज पनि उपत्यकाको मौसम दिनभर बदली हुने देखिएको छ’, उनले भनिन्, ‘घाम देखिन मुस्किल छ।’

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको