रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’ प्रदान गरिएको छ।  मंगलबार सिजन मिडियाको आयोजनामा उपसभामुख इन्दिरा राना मगर र राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सो अवार्ड प्रदान गरिएको हो ।

थापालाई अवार्डसंगै कदर-पत्रसहित नगद पनि प्रदान गरिएको थियो। उनीसंगै अवार्डबाट सम्मानित हुनेहरूमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल,  नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी,रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा मनिषा कार्की रहेका छन् ।

मेनुका २०६० सालदेखि  रक्षा नेपाल नामक संस्था संचालन गर्दै असुरक्षामा परेका महिला तथा बालिकाको सुरक्षा/ सारथी बन्दै आएकी छिन्। उनको साथ र समन्यवमा हालसम्म ७ हजार ६ सय ५९ जना महिला र ९ सय ३४ जना बालिकाको उद्धार, संरक्षण र पुनरस्थापना गर्न सफल भैसकेको छ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको  जानकारी दिए ।

May be an image of 1 person and text

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको