एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ।अनेरास्ववियु नेतृ बमलाई मंगलबार अपरान्ह काठमाडौंको नागार्जुनबाट पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले बताए।

‘ बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको छ’, अधिकारीले भने, ‘उहाँलाई अहिले महाराजगञ्ज बृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।’

राजमतीले पनि चिनिने धामीले उजुरी दिएकी अर्की युवतीको मोबाइल फोन नियन्त्रणमा लिएर आपराधिक लाभ लिएको आरोप लागेको छ।

बमलाई एकजना युवती रश्मिला धामीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। कैलालीको धनगढी घर भएकी बमबारे अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ।

यसअघि अदालतले बमकाे मानहानि गरेकाेसम्बन्धी मुद्दामा रश्मिला दाेषी ठहरिएकी थिइन्। अहिले बम पक्राउ परेपछि धामीले न्यायकाे लडाइँ जारी रहेकाे बताएकी छन्।

रक्षा बम केही दिनदेखि नागार्जुनस्थित ओशो तपोवनमा थिइन्। उनी ओशो तपोवनमा ध्यानमा रहेका बेला रश्मिलाको उजुरीको आधारमा पक्राउ गरिएको हो।

सिफारिस

विमान दुर्घटनामा घाइते पाइलट शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा...

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला एसिया कप: भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।...

एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम...

धेरै पढिएको