काठमाडौँमा आज मेघगर्जनसहित पानी पर्ने

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि आज (शनिबार) बिहानैदेखि मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यतिबेला उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा छ।आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिएको अवस्था हो।

मौसमविद् पुडासैनीले आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जानकारी दिए।

‘हिजो (शुक्रबार) भन्दा आज उपत्यकामा वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने, ‘हिजो उपत्यकामा वर्षाको सम्भावना १० प्रतिशत मात्र देखिएको थियो भने आज ४० प्रतिशत सम्भावना छ।’

उनले हिजो (शुक्रबार) दिउँसो पनि उपत्यकाका एक/दुई स्थानमा फाटफुट वर्षा भएको पाइएको बताए।

‘हिजो दिउँसो हाम्रै स्टेसन (मौसम महाशाखा) रहेको एयरपोर्ट क्षेत्रमा पानी नपरे पनि नगरकोट, गोलढुंगातिर छिटपुट वर्षा भएको थियो’, मौसमविद् पुडासैनीले शनिबार बिहान नेपालखबरसँग भने, ‘सबै स्थानमा हाम्रो स्टेसन (वर्षा मापन यन्त्र) छैन, त्यही भएर कतिपय अवस्थामा पानी परे/नपरेको कुरा स्थानीयबाट पनि बुझ्नुपर्ने हुन्छ।’

उपत्यकाको मौसम आज दिनभर आंशिकदेखि साधारणतया बदलीकै अवस्थामा रहने अनुमान गरिएको उनको भनाइ छ। अर्थात् आज उपत्यकामा घाम लाग्ने सम्भावना कम छ।

मौसम महाशाखाका अनुसार आज उपत्यकामा बिहान ५ बजेर ५६ मिनेट जाँदा सूर्य उदाएको थियो भने अब साँझ ६ बजे २१ मिनेटमा सूर्य अस्ताउनेछ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको