काठमाडौँमा आज मेघगर्जनसहित पानी पर्ने

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि आज (शनिबार) बिहानैदेखि मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यतिबेला उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा छ।आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिएको अवस्था हो।

मौसमविद् पुडासैनीले आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जानकारी दिए।

‘हिजो (शुक्रबार) भन्दा आज उपत्यकामा वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने, ‘हिजो उपत्यकामा वर्षाको सम्भावना १० प्रतिशत मात्र देखिएको थियो भने आज ४० प्रतिशत सम्भावना छ।’

उनले हिजो (शुक्रबार) दिउँसो पनि उपत्यकाका एक/दुई स्थानमा फाटफुट वर्षा भएको पाइएको बताए।

‘हिजो दिउँसो हाम्रै स्टेसन (मौसम महाशाखा) रहेको एयरपोर्ट क्षेत्रमा पानी नपरे पनि नगरकोट, गोलढुंगातिर छिटपुट वर्षा भएको थियो’, मौसमविद् पुडासैनीले शनिबार बिहान नेपालखबरसँग भने, ‘सबै स्थानमा हाम्रो स्टेसन (वर्षा मापन यन्त्र) छैन, त्यही भएर कतिपय अवस्थामा पानी परे/नपरेको कुरा स्थानीयबाट पनि बुझ्नुपर्ने हुन्छ।’

उपत्यकाको मौसम आज दिनभर आंशिकदेखि साधारणतया बदलीकै अवस्थामा रहने अनुमान गरिएको उनको भनाइ छ। अर्थात् आज उपत्यकामा घाम लाग्ने सम्भावना कम छ।

मौसम महाशाखाका अनुसार आज उपत्यकामा बिहान ५ बजेर ५६ मिनेट जाँदा सूर्य उदाएको थियो भने अब साँझ ६ बजे २१ मिनेटमा सूर्य अस्ताउनेछ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको