नेपाल र कोरियाका १० पर्वतारोही जुगल हिमाल चढ्ने

काठमाडौं – नेपाल र दक्षिण कोरियाका १० पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो ।

नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले आरोहण गर्न लागेका हुन् । नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल–१ र ६,५१८ मिटर अग्लो जुगल–२ चढ्न लागेका हुन् ।

आरोहणका लागि आज साँझ १० कोरियाली आरोही नेपाल आइपुग्ने भएका छन् भने नेपाली आरोही भने काठमाडौं आइसकेका छन् । विश्व कीर्तिमानधारी नेपाली महिला आरोही तथा एनएमएका दोस्रो उपाध्यक्ष सुश्री दावा याङ्जुम शेर्पाको नेतृत्वमा तीन नेपाली आरोहीसहित प्रख्यात आरोही तथा नेपालका मानार्थ नागरिक श्री उम होङ गिलको नेतृत्वमा १०  कोरियाली पर्वतारोही रहेका छन्  । यो आइतवारबाट जुगल-१ र २ को साहसिक यात्रामा लागेका छन्।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि बिहान आफ्नो निवास बालुवाटारस्थित कार्यालयमा यात्रु टोलीलाई नेपाली झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ । सम्माननीय प्रधानमन्त्रीबाट शुभकामना लिएर टोली सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका तर्फ प्रस्थान गर्ने छ ।

नेपालको हिमाली पर्यटनको संरक्षण र प्रवद्र्धनमा समर्पित देशको एकमात्र अल्पाइन सङ्घका रूपमा यस अभियानले नेपालको हिमाली पर्यटनको थप विकासका लागि मार्ग प्रशस्त गर्ने विश्वास एनएमएको छ । ‘दक्षिण कोरिया पर्वतारोहणका लागि उत्कृष्ट बजार भएकोले सो पदयात्रा कोरियामा पनि टेलिभिजनमा प्रशारण गरिने छ’, वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले भने । “त्यसैले यस अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बजारमा ल्याइनेछ। यसले नेपाललाई थप पर्यटकहरू आकर्षित गर्न पक्कै मद्दत गर्नेछ।”

उक्त टोली भ्रमण पूरा गरी २५ अप्रिल २०२४ (१३ वैशाख २०८१) मा काठमाडौं फर्कने अपेक्षा गरिएको छ ।

सरकारले यस अभियानका १० सदस्यको रोयल्टी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा सरकारले ७ कोरियाली र ३ नेपाली आरोहीको रोयल्टी शुल्क मिनाहा गर्ने निर्णय गरेको थियो । नेपाल–कोरियाली द्विपक्षीय सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा यो अभियान मनाइँदैछ ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, एनएमए, नेपाल पर्यटन बोर्ड, कोरिया अल्पाइन महासंघ, उम होङ गिल ह्युमन फाउण्डेसन र जुगल गाउँपालिकाले संयुक्त रुपमा उक्त पदयात्राको आयोजना गरेका हुन् ।

सिफारिस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन्...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

धेरै पढिएको