एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटलमा

काठमाडौं – होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो ¥याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रुपमा रहेको एचएनबिजिले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।

पहिलो शाखाको रुपमा काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रुपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । यो संस्थाले क्यूएक्सको रुपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरु सञ्चालन गरेको छ । रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबिजिको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ ।

यो गु्रप मातहात सञ्चालित होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्दै आएको छ । एचएनबिजिको गुणस्तर कायम गर्नका लागि सेन्टर किचन पनि सञ्चालनमा छ । जापानिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू मार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा १७० जना बढीको टिमले काम गरिरहेको छ ।

जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताएको छ । व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको समूह होक्काइडो नेपाल बिजनेस गु्रप नेपालको समृद्धिसँग हातेमालो गर्ने उद्देश्यले फरक सोचका साथ रेस्टुरेन्ट व्यवसायमा लागेको बताउँछ ।

मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तीकरण मार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको संस्थाका निर्देशक अर्जुन अधिकारीले बताए ।देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘पहिला उत्पादनलाई फोकस गर्छौ अनी गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं । यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’ अधिकारी थप्छन, ‘नेपालमा नै उत्पादन हुन थालेपछि उद्यमी जन्मन्छन, उद्यमीले सफल प्रविधि भित्र्याउन पहल गरेसँगै उत्पादनको गुणस्तर पनि बढ्छ जसले निर्यात प्रतिस्थापन र स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन्छ । अनी मात्र देश समृद्ध हुन सक्छ ।’ उत्पादनसँग जोडिएपछि बिस्तारै गुणस्तरीय उत्पादनमा जोड दिने र त्यसलाई मौलिक पहिचानका साथ अन्तर्राष्ट्रियकरण गरिनुपर्ने धारणाका साथ आफूहरू अगाडी बढेको अधिकारी बताउँछन् । उत्पादन र उपभोगलाई प्रतिस्पर्धी बनाउनका लागि विदेशको सफल प्रविधि र सीप भित्रयाउनुपर्ने अधिकारीको मत छ ।

जापानमा आर्जन गरेको व्यवसायिक अनुभवलाई उपयोग गर्दै रेस्टुरेन्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको संकल्प बोकेका अधिकारी मुख्य गरी नेपालमा जापानी फुड कल्चर प्रवर्धनमा सक्रिय छन् ।विदेशी भूमिमा श्रमसँगै आर्जन गरेको सीपलाई नेपालमा प्रयोग गर्दा उत्पादन र रोजगारीको क्षेत्रमा सहयोग पुग्ने धारणा बोकेका अधिकारीले जापानिज फुड कल्चरलाई देशैभर विस्तारको योजना बनाएका छन् ।कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको बताउँछन् ।

इजाकाया होक्काइडो किन ?
यो समूहले काठमाडौँको ¥याडिसन होटेल परिसरमा सञ्चालनमा ल्याएको इजाकाया होक्काइडो जापनिज फुड कल्चरको प्रवर्धनमा काम गरिरहेको रेस्टुरेन्ट हो । राजधानीको केन्द्र लाजिम्पाटमा रहेको इजाकाया होक्काइडोले जापनिज फुड पारखीका लागि ५० बढी परिकार पस्कँदै आएको छ । स्वदेशी तथा विदेशी पाहुनाका लागि उच्च गुणस्तरका परिकार पस्कँदै आएको इजाकायामा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै मेनुको व्यवस्था छ ।

जापानको फुड कल्चरलाई नेपाली परिवेशमा ढाल्दै आएको इजाकायाले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वच्छ र ताजा खाना उपलब्ध गराउँछ । सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहनको नीति लिएको यो रेस्टुरेन्टले दक्ष जनशक्तिको साथ आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

मद्यपान, धुमपानका लागि छुट्टै कक्षको व्यवस्था गरिएको इजाकायामा पारिवारिक, प्रेमिल तथा गोप्य सिटको व्यवस्था छ । नेपाली र जापानी चाडपर्वहरूमा इजाकायाले विशेष कार्यक्रमको साथ आफ्ना उपभोक्ताका लागि आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

७० जना अट्ने हलको व्यवस्था रहेको इजाकायामा सभा, समारोह तथा अन्य कार्यक्रमका लागि माग बमोजिमका सेवा उपलब्ध छन् । साताको सबै दिन खुला रहने इजाकाय आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० र शनिवार अपराह्न १२ बजेदेखि बेलुका १० बजेसम्म खुला रहन्छ । इजाकायाले हाल आफ्ना सबै सेवाहरूमा १५ प्रतिशत छुट दिएको छ ।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको