हाम्रो जन्मभूमि सामाजिक संस्थाले यसरी मनायो तेस्रो स्थापना दिवस

काभ्रे – हाम्रो जन्मभूमि सामाजिक संस्थाले तेस्रो स्थापना दिवस साथ मनाएको छ । संस्थाको अध्यक्ष गीता श्रेष्ठको सभापतित्व र समाजसेवी, राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रीय कोषाध्यक्ष तथा हाम्रो जन्मभूमि सामाजिक संस्थाका पूर्व सञ्चार प्रमुख सागर श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाले तेस्रो स्थापना दिवस मनाएको हो ।

काभ्रेस्थित मानव कल्याण समाज सेवा घरको सभा हलमा सञ्चालित कार्यक्रममा  जन्मभूमिको निस्वर्थ समाजसेवाको कार्यक्रम देख्दा मन प्रफुल्ल भएको र आगमी दिनमा सहकार्य गरेर समाजमा केही गर्नको लागि आफु उत्सुक रहेको समाजसेवी सुमि मानवले बताए । प्रमुख अतिथि सागर श्रेष्ठले स्थापना कालदेखि आज तेस्रो स्थापना दिवस मनाउदै गर्दा  संस्थाले गरेको सामाजिक गतिविधिहरुको संक्षपमा प्रकाश पारेका थिए ।

संस्थाले तराईको घाम दुर्गमको बस्ति  पहाडको अफ्ठेरो बाटो घाम पानी हावा हुरी केही नभनी आवश्यक परेको ठाउँमा निस्वार्थ समाजसेवा गरेको, पारदर्शी रुपमा सेवा गरेको हुनाले अहिलेसम्म ५९ वटा सामाजिक काम गर्न सफल भएको बताए । अध्यक्ष गीता श्रेष्ठले संस्थालाई यो उचाईमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा गरे  ।

संस्थाको तेस्रो स्थापना दिवसको अवसरमा मानव कल्याण सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुलाई एक दिवसीय मिष्ठान्न भोजन गराएर खुसी साटसाट गरेर स्थापना दिवस सम्पन्न गरेको थियो ।

कार्यक्रममा समाजसेवी सुमी मानव, मानर्थ सदस्य तथा समाजसेवी काजल नानु घिमिरे, मानर्थ सदस्य तथा समाजसेवी श्याम कर्मचार्य, संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, सञ्चालक प्रमिला थापा बस्नेत, सञ्चालक मदन अधिकारी, मानर्थ सदस्य रमिला काफ्ले दाहाल, आजिवन सदस्य लक्ष्मी श्रेष्ठ, समाजसेवीहरु साथै उक्त सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको