डढेलो निभाउँदा जलेका एक जमदारसहित तीन सैनिकको निधन

डोल्पा सदरमुकामस्थित ब्यारेकमा रहेको फोहोर जलाउने क्रममा सामुदायिक वनमा सल्किएको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते चारमध्ये तीन सैनिकको ज्यान गएको छ।

सोमबार बिहान डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका नेपाली सेनाका ३ जवानको निधन भएको हो।

ज्यान गुमाउनेहरूमा २३ वर्षीय जवान आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्घा मगर छन्।

अर्का एकजनाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा सोमबार राति नै निधन भएको थियो।

डढेलो निभाउँदा गम्भीर घाइते भएका तातोपानी गाउँपालिका-४ , जुम्ला निवासी २८ वर्षीय सैनिक जवान हेमन्त रावतकाे उपचारकाे क्रममा सोमबार नै डाेल्पा जिल्ला अस्पतालमा निधन भएकाे थियो।

दुनैस्थित देवीदत्त गुल्बाट सल्किएको आगो सामुदायिक वनमा डढेलोका रुपमा परिणत भएपछि निभाउने क्रममा घाइते ती सैनिकको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो।

डोल्पाबाट सोमबार हेलिकप्टरमा काठमाडौं लगिएका दुई सैनिकको उपचारका क्रममा कीर्तिपुर जलन अस्पतालमा मंगलबार निधन भएको हो।

डोल्पास्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चारजना सैनिक गम्भीर घाइते भएका थिए।

शरीरको ७० देखि ९० प्रतिशतसम्म जलेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। डोल्पामा उपचार सम्भव नभएपछि दुवैजनालाई नेपाली सेनाको हेलिकप्टरले नेपालगन्ज हुँदै काठमाडौं लगेको थियो।

दुनैमै निधन भएका रावलको शव नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डढेलो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आएको आगोले खोल्सामा रहेका उनीहरू जलेर घाइते भएका थिए।

सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै निभेको छैन। वनको डढेलो निभाउन नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र स्थानीयको टोली खटिएको छ।

सदरमुकाम सुरक्षार्थ तैनाथ देवीदत्त गुल्म वरिपरिको फोहोर जलाउने क्रममा आगो हावाहुरीको कारणा अनियन्त्रित भए सामुदायिक वनमा पुगेको थियो।

सेनाको लापरबाहीका कारण मानवीय क्षतिसमेत हुनेगरी यति ठूलो घटना भएको स्थानीयबासी बताउँछन्। सेनाकै कारण एउटा सामुदायिक वन पनि सखाप भएको उनीहरूको गुनासो छ।

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको