आज कहाँ-कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानसहित बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

सिफारिस

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल आकर्षक बत्ती र सजावटले झिलिमिली बनेको छ। मल परिसरमा जडान गरिएका रंगीन बत्ती, क्रिसमस ट्री...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई ब्रान्ड एम्बेसडर का रूपमा अनुबन्ध गरेको छ। सहकार्य...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।ओलीले देउवासँगको भेटमा यसपटक महासचिव शंकर पोखरेललाई साथै राखेका छन्। अघिल्लो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका...

लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम

रुपन्देही - लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने...

आइवर्ट नेपालको अध्यक्षमा पुनः इच्छा गुरुङ निर्वाचित

काठमाडौं - इन्टरनेसनल एसोसिएसन अफ रेडियो एण्ड टेलिभिजन (आइवर्ट)...

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं - भारतलाई हराउँदै पाकिस्तानले युएईमा भएको एसिसी यू–१९...

बागमतीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो 

काठमाण्डौ - शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न...

धेरै पढिएको