‘फोटोग्राफी प्रतियोगिता’आयोजना गर्दै वाइल्डलाइफ फोटोग्राफर शेर्पा, के- के छन् नियम ?

काठमाडौँ – वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले फोटोग्राफीमा रुची राख्ने विद्यार्थीका लागि ‘फोटोग्राफी प्रतियोगिता’ गर्ने भएका छन् । वाइल्डलाइफ फोटोग्राफीमा रुचि भएकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइनमार्फत प्रतियोगिता आयोजना गरेको शेर्पाले बताए ।

‘भाग लिन चाहनेहरूले घरछेउछाउ चराचुरुङ्गी होऊन् वा वन, चिडियाखानाका जीवजन्तु, मोबाइल वा क्यामेराले खिचेर एक जनाले एउटा मात्र फोटो पठाउन सक्नेछन्’, उनले भने, ‘दुई विजेताले १५- १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।’
फोटो जेपेग फर्मयाटमा हुनुपर्ने उनले बताए ।

शेर्पाका अनुसार, एआईका माध्यमबाट बनाइएका र वाइल्डलाइफबाहेकका फोटोहरू अयोग्य हुनेछन् । २५ अप्रिलसम्म फोटो पठाउन सकिने छ भने ३० अप्रिलमा नतिजा निकालिने उनले बताए ।

फोटो पठाउँदा प्रतियोगीले नाम, उमेर र फोटोको संक्षिप्त विवरण पठाउनुपर्ने छ । १५ देखि ३० वर्ष उमेर समूहभित्रका मानिस मात्र सहभागी हुन पाउने उनले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन केही नियम पनि राखिएको छ । सबैभन्दा पहिला चुङ्बा शेर्पाको आधिकारिक युट्युब च्यानललाई सब्स्क्राइब गनुपर्ने छ, त्यसपछि उनले फोटो कन्टेस्टका लागि आव्हान गरी बनाएको भिडियो लाइक गनुपर्ने छ । उनका अनुसार, प्रतियोगीहरूले पठाएका तस्वीर उनको फेसबुक पेजमा राखिने छ । तीमध्ये सबैभन्दा बढी रियाक्सन पाउने एक र शेर्पा आफैंले छानेको एक गरी दुई फोटोलाई विजेता घोषित गरिने छ ।

सिफारिस

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

धेरै पढिएको