विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन्।

बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गरेको कार्य सह्रानीय रहेको बताए।

आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उनले व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लागेका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गरे।

कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त भएका छन् भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लागेकी हुन्।

दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लागेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको